न्यूडिटीबारे रेवतीले नबुझेकी हुन् कि बढी बुझेकी ?

रेवती क्षेत्री ‘समर लभ’ फिल्मबाट नेपाली फिल्ममा राज गर्ने तयारीमा छिन् । भारतीय मुलकी यी अभिनेत्रीलाई यो फिल्म चलेमा फाइदा हुन्छ ।

रेवतीले यो फिल्ममा बाथ टपमा नुहाएकी छिन् । तर, उनी यसलाई नांगिएको भन्न रुचाउँदिनन् । उनको बुझाइमा यो एउटा सुन्दरता हो । बाथटपमा हिरोइन नुहाएको दृश्यमा उनको भनाइ मान्दा यसलाई कलात्मक तरिकाले नै देखाइएको छ । उनले उल्टै पत्रकारलाई न्यूडिटी भनेको के हो भनेर प्रश्न नै तेर्साइदिएकी थिइन् ।

उनले त केटाले टपलेस भएर अभिनय गर्दा प्रश्न किन उठ्दैन भनेर समेत प्रश्न गरिन् । अब, रेवतीलाई सिकाउनुपर्ने हो या उनी जानी जानी पचाउन खोजिरहेकी छिन्, यो कुरा थाहा भएन । किनकी, केटाले सर्ट मात्र खोल्नु र केटीले पनि सोही काम फलो गर्दा के फरक हुन्छ भनेर भनिराख्नु पर्छ र ?

न्यूडिटीलाई कला मान्ने हो भने आकर्षक पहिरन लगाएर किन हिरोइनलाई नचाउनुपर्थ्यो र रेवती जी ?

बरु, कथाले मागेपछि मैले त्यो दृश्य दिए, जुन फिल्मका लागि अती आवश्यक छ भन्दिएको भए भैहाल्थ्यो नी । न्यूडिटी आफैमा एउटा सुन्दरता हो भन्दा अल्ली हजम होला र ?