एलिजाले खुट्टा ढोग्दै गर्दा धमलाले ‘तिम्रो स्थान खुट्टामा होइन’ भन्न किन सकेनन् ?

यस बर्षको तीज सकिएको छ । तीज समाप्ति संगै नायिका एलिजा गौतमले सामाजिक संजालमा केहि तस्विर र भिडियो पोष्ट गरिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नी समेत हुन् । कार्यक्रम संचालनको क्रममा एग्रेसिभ भएर प्रश्न सोध्ने र उत्तर दिन समय नै नदिने पत्रकार ऋषि धमला विवादास्पद पत्रकारको रुपमा चिनिन्छन् । उनले कार्यक्रम संचालनको क्रममा देखाउने व्यवहारका कारण उनी पटक पटक विवादमा पर्ने गरेका छन् । झन् उनीसंग नायिकाको त बिचार जम्दै जम्दैन । कुमारीत्वको प्रस्नमा पछी लागेको कारण र व्यक्तिगत जीवन खोतलेको भन्दै नायिकाहरुको एक समूहले उनको कार्यकमलाइ नै बहिस्कार गरेका छन् । फिल्म अनुराग प्रदर्शनको समयमा उनले आफ्नै पत्नी माथि पनि व्यक्तिगत प्रश्नको प्रहार गरे । तर उक्त कार्यक्रम हेर्दै स्क्रिप्टेड लाग्थ्यो ।

चाहेर हो या नचाहेर सामाजिक संजालमा समसामयिक बिषयमा बिचार ब्यक्त गर्दा र अन्तर्वार्ताको क्रममा एलिजा पनि पटक पटक विवादमा पर्ने गर्छिन् । यो जोडी ब्यतिगत तथा अन्य कारण पटक पटक चर्चा र विवादमा पर्ने गरेको छ ।

यस पटक तीजमा पनि एलिजा गौतमले पोस्ट गरेको तस्विरका कारण यो जोडी नै विवादमा परेको छ । एलिजाले हरितालिका तीजको ब्रत सकिएसंगै आफ्ना श्रीमानको खुट्टाको पानी खाएको र खुट्टामा ढोगेको फोटो तथा भिडियो सार्वजनिक गरिन् । योसंगै उनलाई भन्दा पनि उनका श्रीमानलाई गलत भन्ने सामाजिक संजाल प्रयोगकर्ता देखिए । परिवर्तनका सम्बाहक पत्रकार भएर श्रीमतीलाई चै खुट्टामा स्थान दिने आसयका विचारले स्थान पाए । खोक्रो आडम्बर भन्ने बिचार पनि आए । यहि बीच एलिजाले नायिका पुजना स्त्रीले सेयर गरेको तस्विरको स्क्रिनसट सेयर गर्दै ‘मैले गलत गरेको छैन किन अरुको टाउको किन दुखेको’ भन्दै लेखिन् । यस अघि पनि पहिलो पोस्टलाई लिएर लामो स्ट्याटस पोस्ट गरेकी छन् ।
उनको पोस्ट जस्ताको त्यस्तै :

??????? मैले सानै देखी देख्दै आएको कुरा हो तीज मा आफ्नु श्रीमान लाई गर्दै आएको कुरा बर्त बसिसकेर राती आफ्नु श्रीमान खुट्टा ढोग्ने चलन कसै ले यो परम्पारा लाई मान्नु हुन्छ कसै ले मान्नु हुन्न मैले मान्दा छु र सधै मान्छु मैले हिजो मेरो husband sanga को खुशी को पल को photo हरु मन्लागेर post गरेको थिए धेरै नराम्रो गरी टिक्का टिप्पणी गरिराख्नु भाको छ किन आपाती भो किन ?? मैले नराम्रो काम गरेको होर आफ्नु श्रीमान को खुट्टा ढोगेर मैले खुशी ले गरेको हो र पहिला देखी गर्थिए सधैँ गर्छु मैले गरे भन्दै मा अरु ले गर्ने पर्छ भन्ने छैन नि आफ्नु अधिकार को कुरा हो यो र एउटा नारी को अधिकार हो ??????????????
तीजको ब्रत भनेको विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य र दिर्घायुको लागि तथा अविवाहितले आफुले चाहेको व्यक्ति पाउनका लागि बसिने ब्रत हो । हिन्दु धर्मशास्त्रका अनुसार भगवान शिवलाई पाउनका लागि पार्वती निराहार ब्रत बसेसंगै सोहि मान्यतामा आधारित रहेर भगवान शिवको पूजा आराधना गर्दै निराहार ब्रत बस्ने परम्पराको थालनी भएको हो । र शास्त्रमा अर्को कुरा के उल्लेख छ भने यदि श्रीमतीले उक्त ब्रत पुरा गर्न नसकेमा श्रीमानले पुरा गर्नु पर्ने छ । ‘अर्धांगिनी’ अर्थात श्रीमानको आदि अंग, महिलालाई श्रीमान बिना अपुरो रहेको भनि हिन्दु धर्ममा ब्याख्या गरिएको छ ।

यदि श्रीमानकै आयुको लागि आफु पानी पनि नखाई ब्रत बसिन्छ भने उनको खुट्टा ढोग्नुमा कुनै पनि समस्या छैन । किनकी हामीले आराधना गर्ने भनेको भगवानको हो । र श्रीमानको नामको ब्रत र पूजाआजाले श्रीमानलाई भगवानको दर्जा दिएको छ । आफु ब्रत बस्ने तर अरुलाई चै किन ढोगिस् भन्नु कुनै पनि तरिकाले न्यायसंगत हुदैन ।

तर आफुलाई श्रीमानको ‘सहयात्री या जीवन साथि’ ठानिन्छ न कि ‘अर्धांगिनी’ भने जरुरी छैन पूजा आजा गर्न र खुट्टाको पानी खान । यदि श्रीमानले श्रीमतीलाइ आफु लायक ठान्छ भने आफैले बुझेर ढोग्न दिनु हुदैन ।
के गर्ने के नगर्ने भन्ने बिषयमा यो बुझ्न जरुरी छ की, म धर्म निभाउदै छु या संस्कृति जोगाउदै छु । धर्म गरेको हो भने पूजा गर्नुस चाहे ढोग्नुस । तर संस्कृति जोगाउने नै हो भने हिन्दी गीतमा नाचेर बुढोको खुट्टाको पानी खादैमा केहि हुदैन । धर्मको नाममा भएका शोषण उत्पीडनलाई बिस्तारै परिवर्तन गर्दै जानु जरुरी हुन्छ र समय अनुसार परिवर्तन हुदै गएको पनि छ ।

अब कुरा गरौ ऋषि-एलिजा धमलाको :
धमला निवासमा तीजको भब्य दर पार्टी आयोजना भएको थियो । उक्त कुरा अरुले नभई एलिजा आफैले सामाजिक संजालमा सेयर गरेकी थिइन् । उक्त अवसरमा धेरैको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो । जवकी सरकारले चाडपर्वलाई भड्किलो नबनाउन धेरै समय अघि नै आग्रह गरेको थियो ।

एलिजाले पूजा गरुन्, नगरुन्, ढोगुन्, नढोगुन्, पानी खाउन्, नखाउन् त्यो उनको कुरा । तर एक सक्षम पत्रकार भएको हैसियतले खुट्टा ढोग्न अगाडी सरेकी श्रीमतीलाई धमलाले रोक्न जरुरी थियो । हुन त वहाहरुको सम्बन्ध कस्तो छ, हामीलाई थाहा हुदैन । तर धमलाले श्रीमतीलाई तिम्रो स्थान खुट्टामा होइन मुटुमा हो भन्न सक्नु पर्ने थियो ।

अर्को कुरा, धमला एक चर्चित व्यक्तित्व हुन् । उनकी श्रमती पनि एक फिल्म खेली सकेकी नायिका हुन् । उनको सोचाईको स्तर पनि यति त होला की श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन्, न की श्रीमती दासी र श्रीमान मालिक । हुन त यी दुई बीच उमेर अन्तर धेरै छ । उनले श्रीमान भन्दा बढी अभिभावक मानेको पनि हुन सक्छ । तर महिला सशक्तिकरण र समानताको कुरा उठीरहेको अवस्थामा उनकै व्यवहारका कारण गौतम अलि पछाडी नै रहेको देखिन्छ ।
सामाजिक संजालमा गौतमले लेखेकी छन्  ‘आफ्नु अधिकार को कुरा हो यो र एउटा नारी को अधिकार हो’ । जहा सम्म मेरो बुझाई छ, श्रीमानको खुट्टा ढोग्नु नारीको अधिकार हैन स्वइच्छाको कुरा हो । आफु काधमा काध जुधाएर सहयात्रा गर्न सक्नु हुन्छ भने जरुरी छैन निहुरिएर खुट्टा ढोग्न पर्छ ।

एलिजाजीमा सामाजिक संजालमा आएका प्रतिक्रियालाई लिएर जवाफ दिने प्रवृति पहिलेबाट नै देखिएको छ । आफु गलत छैन भने कुनै पनि कुरामा स्पस्टिकरण दिन जरुरी हुदैन । एक सेलिब्रेटी भएको हिसावले सानो तिनु कुरालाई सहजै स्वीकार्न सके राम्रो हुन्छ होला । सामान्य मान्छेको बारे त सकारात्मक नकारात्मक धारणा आउछ भने वहाँले त आफुलाई पटक पटक सेलिब्रेटी भन्दै आउनु भएको छ ।