रोजिन शाक्यको कोरियोग्राफीमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्ट २०१९मा कोरियोग्राफर रोजिन शाक्य अफिसियल कोरियोग्राफरका रुपमा नियुक्त भएका छन् ।

आगामी फेब्रअरी १२ देखि १७ तारिखसम्म सिंगापुरमा हुने प्रतियोगिताको लागि उनी कोरियोग्राफरमा नियुक्त भएका हुन् । ई प्लानेट प्रा.लि.को ब्यानरमा संचालन हुन लागेको प्रतियोगितामा मिस तथा मिसेस हेरिटेज इन्टरनेसनल २०१९ को विजेता छनौट हुनेछ । यस अघिका तीन वटा संस्करणमा पनि रोजिन शाक्य नै कोरियोग्राफरका रुपमा रहेका थिए ।