फिल्म ‘रुमालै छ चिनो’  को गीत सार्वजनिक

फिल्म ‘रुमालै छ चिनो’  को ‘आमा नबस्नु पर्खेर’ गित सार्वजनिक भएको छ । लोक शैलीको यस गितमा संचिता लुईंटेल, किशोर खतिवडा र शुशान्त कार्की लाई देख्न सकिन्छ । गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द छ । फिल्ममा नायक सुशान्त कार्कीको जोडीको रुपमा नव नायिका अप्सना थापा छिन । फिल्मको कथाको रेशम थापाले नै लेखेका हुन् । फिल्म फागुन १० देखि प्रदशनमा आउँदैछ ।

फिल्म निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् । फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, अमृता पाण्डे, शान्ति श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई चन्द्र ब। खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा लगानी गरेका छन् ।