‘फ्लेक्स’ फेर्दै सविन श्रेष्ठ (तस्विर सहित)

नायक सविन श्रेष्ठ बाटोको लोकेसन बोर्ड फेर्दै गरेका भेटिएका छन् । उनले ‘नेपाल मेरो घर हो तै भएर आफ्नो घर को काम आफै गरेको जय नेपाल ??’ लेख्दै एक पोष्ट सामाजिक संजालमा सेयर गरेका छन् । उनले थोत्रो भएर धुलोले भरिएको फाटेको फ्लेक्स परिवर्तन गरेका छन् । कुर्शी राखेर उनी आफैले फ्लेक्स फेर्दै गरेको देख्न सकिन्छ । एक कलाकार भएको कारण उनी दर्शकको रोल मोडल हुन् । र उनको यो एक प्रयासले पनि परिवर्तनको सुरुवात हुनेमा बिमत्ति छैन।

शारीरिक सुगठनको कारण अभिनय भन्दा पनि उनी चर्चामा छन् । लामो समयबाट उनका फिल्म प्रदर्शनमा आएका छैनन् । नायिका अनु शाहसंग बिवाह गरेर बसेको लामो समय भए पनि उनीहरुले खुलेर सम्बन्ध स्वीकारेका छैनन् । यही बीच उनीहरु अमेरिका जाने हल्ला समेत चल्न थालेको छ । जे होस् सविनको यो कार्य प्रसंसायोग्य छ ।