सडक दुर्घटनामा परि दुइ कलाकारको निधन

सवारी दुर्घटनामा परि दुइजना कलाकारको निधन भएको छ । राष्ट्रिय नाचघरका कलाकार तथा कोरियोग्राफर गोरन चौधरी र तिलक सुनुवारको मृत्यु भएको हो । तिलनको भने शनिबार मृत्यु भएको थियो । गत शुक्रवार राती साँढे १० बजे मोटरसाइकल चढेर बुढानिलकण्ठबाट चपलीस्थित निवास फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

गोरनले चलाएको मोटर साइकल अचानक सडकमा पार्किङ गरेर राखेकोे डोजरमा ठोकिएको थियो । चौधरी र सुनुवार दुबै सांस्कृति संस्थानमा जागिरे थिए। दाङ घर भएका ३८ वर्षिय गोरन कुशल रंगकर्मी सांस्कृतिक संस्थानमा नृत्य सहायकका रुपमा जागिरे थिए ।