प्रभास र श्रद्धाको ‘साहो’ पोष्टर सार्वजनिक

अगस्ट ३० बाट प्रदर्शनमा आउने फिल्म ‘साहो’ को पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका दुई मूख्य कलाकार प्रभास र श्रद्धा कपुरको रोमान्टिक पोज देख्न सकिन्छ । पोस्टर सार्वजनिक भएसंगै सामाजिक संजालमा भाइरल भएको छ ।

हिन्दी, तमिल र तेलेगु भाषामा एकसाथ रिलिज हुने फिल्म बाहुबली सिरिज पछीको प्रभासको फिल्म भएका कारण पनि प्रतीक्षारत फिल्म बनेको छ । ८ मिनेट लामो एक्सन सिनका लागिमात्र ७० करोड भारू खर्च गरिएको भनिएको यो फिल्म करिब ३ सय करोड भारूमा तयार भएको बताइन्छ ।