प्रभास र श्रद्धाको प्रेम र दुश्मनी ‘साहो’ ट्रेलर

अगस्ट ३० बाट प्रदर्शनमा आउने फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका दुई मूख्य कलाकार प्रभास र श्रद्धा कपुरको प्रेम र दुस्मनी एकसाथ देख्न सकिन्छ ।

हिन्दी, तमिल र तेलेगु भाषामा एकसाथ रिलिज हुने फिल्म, बाहुबली सिरिज पछीको प्रभासको पहिलो हिन्दी फिल्म भएका कारण पनि प्रतीक्षारत बनेको छ । ८ मिनेट लामो एक्सन सिनका लागिमात्र ७० करोड भारू खर्च गरिएको भनिएको यो फिल्म करिब ३ सय करोड भारूमा तयार भएको बताइन्छ ।