‘साइँली’ फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्म ‘साइँली’ को फर्स्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । बैदेशिक रोजगारीको कथामा आधारित गायक हेमन्त रानाको गीत ‘साइँली’ संग नाम मिलाएर फिल्म निर्माण गरिएको हो । फिल्ममा मुख्य भूमिका रहेकी तथा साइँली उपनाम पाएकी मेनुका प्रधान पोस्टरमा देखिएकी छन् । यसका साथै दयाहाङ राई, गौरव पहाडी लगायतका मुख्य कलाकार फिल्मको पोष्टरमा समेटिएका छन्  । फिल्ममा मेनुकाको जोडीको रुपमा गौरव पहाडी रहेका छन् । फिल्म चैत १५ बाट प्रदर्शनमा आउने भएको छ ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्देशक राम बाबु गुरुङकै कथा रहेको फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । गायक हेमन्त राना र गौरव पहारीले फिल्म निर्माण गरेका हुन् । बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।