नीता, मिरुना र राजकुमारको ‘साइनो’ ट्रेलर

फिल्म साइनोको ट्रेलर सार्वजनिक भएको छ । मीरुना मगर गाउले युवतीको भूमिकामा देखिएकी छन् भने नीता ढुंगाना सहरिया बोल्ड युवती ‘राधा’ को रोल निर्वाह गर्दै छिन् । अभिनेत्री भुवन चन्दले  निर्माण गरेको फिल्म ‘साइनो’ साउन २४बाट हलमा आउने छ । फिल्म्मा नीता ढुंगाना, मिरुना मगर को साथमा राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदिप श्रेष्ठ, श्याम राई लगायतका कलाकारको अभिनय छ । फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन ।  फिल्ममा अभिमन्यु निरवीको लेखन र रामशरण कोइरालाको मुख्य सहायक निर्देशन छ ।