सलोनलाई शाहरुख बन्ने रहर जागेपछि

अभिनेता सलोन बस्नेत सोलो हिरो बन्न नसकेपनि क्यारेक्टरमा फिट छन् । उनीविनाको फिल्म नुन विनाको तरकारी जस्तो हुन थालेको छ । सलोन बस्नेत दार्जिलिङमा पुगेका छन् । यहाँ पुगेपछि भने उनलाई बलिउड अभिनेता शाहरुख खान बन्ने भूत चढेछ । शाहरुखको सिग्नेचर स्टाइलमा उनले पोज दिएका छन् ।

सलोनले पोज दिएको स्थान शाहरुखको मे हुँ ना फिल्मको छायांकन भएको कलेजको हो । जहाँ, शाहरुखको फिल्मको केही दृश्यको छायांकन भएको थियो । सलोनले शाहरुख स्टाइलमा मे हुँ नाको गीतमा अभिनय पनि गरेका छन् । जे भएपनि दार्जिलिङ पुगेपछि सलोनलाई बलिउड स्टारको याद आएको छ ।

शाहरुख खान बन्ने भूत चढ्दै गर्दा अब शाहरुखको जस्तै लोकप्रियता र स्टारडम कमाउनका लागि त्यही अनुसारको मिहिनेत गर्ने र फिल्म पनि खेल्ने कि सलोनले ?