‘मै हुँ भन्ने निर्माताको हेपाहा प्रवृत्ति र दुर्व्यवहार बारेमा बोल्न पाइन्न?’

निर्माता तथा अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहबीचको विवाद थप चर्किदै गएको छ । उनीहरु सामाजिक सञ्जाल मार्फत एकअर्कालाई आरोप पत्यारोप लगाउनेक्रम एक हप्तादेखि जारी नै रहेको छ । अभिनेत्री साम्रज्ञीले आफुलाई निर्माता भुवन केसीले जापान अवार्ड कार्यक्रममा दुर्व्यवहार गरेको आरोप लगाएपछि निर्माता भुवनले चलचित्र कलाकार संघमा अभिनेत्री साम्राज्ञी विरुद्ध उजुरी दिएका थिए । उनीहरु दुवैलाई संघमा बोलाएर मेलमिलाप गराउने तयारीमा छ । तर पनि उनीहरुको आरोपपत्यारोप सकिएको छैन ।

इन्स्टामा निर्माता निर्देशकले दुव्र्यवहार गर्ने गरेको र सुटिङका बेला खाना मान्दा निर्माता निर्देशकले आफु माथी आक्रोस पोखेको भन्दै साम्राज्ञीले आफ्नो तितो अनुभव पोखेकी थिइन । उनको स्टाटसले चर्चा पाउन थालेपछि यता निर्माता भुवन केसीले साम्राज्ञीलाई ‘जुन थालमा खाने त्यसैमा दुलो पार्ने’ भन्दै आक्रोश पोखेका थिए । उनले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि सुझाव दिएका थिए ।

भुवनको स्टाटसपछि साम्रात्रीले इन्स्टामा अर्को भिडियो पोस्ट्याउँदै जापान अवार्डमा आफूमाथि दुर्व्यवहार गरेको कुरा निकालिन् । यसले आफ्नो मानहानी भएको भन्दै भुवनले यस्तो आरोप नलगाउन साम्राज्ञीलाई धम्कीपुर्ण स्टाटस लेखेका थिए । अभिनेता केसीले आफ्नो प्रतिष्ठामा आँच पुगेको भन्दै चलचित्र कलाकार संघमा निवेदन दिए । भुवनको कुरामा चित्त नबुझाएकी अभिनेत्री साम्राज्ञीले आज फेसबुकमार्फत आफ्नो धारण राखेकी छन् । उनले फेसबुकमा लेखेकी छन् ,‘ नवप्रवेशी कलाकारले आफ्ना सुरुको संघर्षका दिनहरूमा भोग्नु परेको अदृश्य उत्पीडन, वास्तविक अप्ठ्याराहरु र आफूलाई ‘मै हुँ’ भन्ने निर्माताहरुको हेपाह प्रवृत्ति र दुर्व्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ? भन्दै प्रश्न गरेकी छन् । आफुले निर्माता निर्देशकको  दुर्व्यवहार सहेर बस्नुपर्ने हो भन्दै प्रश्न गरेकी छन् ।

उनी लेख्छिन, ‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर सामाजिक सञ्जालमा अनेकथरी भन्नु कहाँसम्म उचित हो ? के हो वरिष्ठ र प्रतिष्ठित व्यक्ति भनेको ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ ?’ उनले स्टाटस मार्फत आफु प्रतिष्ठित भएको मान्छेले बोल्दा विचार पुर्यानु  पर्ने बताएकी छन् । सिनियर कलाकारले जुनियर कलाकारलाई गर्ने व्यवहार सुधार्न आग्रह गरेकी छन् । साम्राज्ञी लेख्छिन् , ‘कुनै पनि कलाकारले स्वयं उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ, जुन कुराको भुक्तभोगी तपाईं स्वयं हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछिका पाएको भन्ने तर्क विल्कुलै मिल्दैन ।’ उनले नयाँ कलाकारहरुको पनि आवाज उठाएकी छन् । नयाँ कलाकारहरुलाई थोरै पारिश्रमिक दिएर कहिलेसम्म फाइदा लुट्ने भन्दै उनले निर्माता तथा निर्देशक प्रति प्रश्न गरेकी छन् ।

अभिनेता भुवनले साइबर क्राइमको मुद्धा हाल्ने चेतावनीप्रति लक्षित गर्दै साम्राज्ञीले भनिन् ,‘कसैले अप्रिय कुरा अभिव्यक्त गरेमा कानुनी उपचार रोज्छु भन्नु देशको एक नागरिकको हिसाबले संविधान प्रदत मौलिक अधिकार हो ।’  साम्राज्ञीले नारीलाई कमजोर नठान्न आग्रह पनि गरेकी छन् । उनी लेख्छिन् , ‘आजका नारीहरु यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकुन चाहे त्यो सामाजिक हिसाबले ले होस् या कानुनी हिसाबले । आजका महिलाहरु हरेक हिसाबले सबल छ्न् भन्ने कुराको हेक्का राखौ ।’

पछिल्लो समय समुहगत स्वार्थ राखेर स्थापित कलाकारप्रति पक्षपात व्यवहार र गुटबन्दी गरिएको उनको आरोप छ । यस्तो व्यवहार राखिरहने हो भने यस क्षेत्रमा आउन खोज्ने पढे लेखेका र योग्य कलाकारहरुको खडेरी पर्ने बताएकी छन् । उनले यसका लागि सबैले आ–आफ्नो भूल स्वीकार गर्दै सम्बन्धित निकायले निष्पक्ष रही यस बारेमा गम्भीरता पुर्वक सोच बिचार र अध्यन गर्नुपर्ने उनको भनाई छ ।

जो जसलाई सम्बन्ध छ ! हालै नेपाली सिने जगतका एक वरिष्ठ कलाकार,निर्माता र निर्देशक ज्युले एक नव कलाकारले सामाजिक संजालमा…

Gepostet von Samragyee R L Shah am Sonntag, 5. Juli 2020