साम्राज्ञीलाई हतारोमा धन्नै भएन चटारो

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह रातो टिका निधारमा फिल्मको घोषणामा सहभागी हुन मुम्बइबाट आइन् । मुम्बइमा उनी विज्ञापनको सुट गर्न पुगिन् ।

साम्राज्ञीलाई डर थियो । रातो टिका निधारमा फिल्मको प्रेस मिटमा पुग्न सक्दिन भन्ने । किनभने, उनी नेपाल आउने प्लेन पनि डिले भयो ।

नेपाल ल्याण्ड भएर उनी सिधै हानिदै कुमारी हल आएकी थिइन् । कुमारी हलमा फिल्मका २ अभिनेत्री नीता ढुंगाना र खुश्वु खड्काको ड्रेसअप राम्रो थियो । साम्राज्ञी साधारण देखिइन् ।

साम्राज्ञीले हतार हतार आउनपर्दा यस्तो भएको प्रतिक्रिया दिएकी थिइन् । साम्राज्ञी विदेशमा हुँदा यो फिल्मको पत्रकार सम्मेलन खल्लो होला भन्ने सोचेका थिए पत्रकारले । तर, उनी लड्दै र पढ्दै शैलीमा आउन त आइन् । तर, प्लेन डिले हुँदा उनको मनमा डर बढ्यो ।

अनी, साम्राज्ञीले कपडा पनि राम्रो लगाउन पाइनन् । उनी सिम्पल कपडामा पुगिन् । मेकअप पनि राम्रोसँग गरिएको थिएन । सबै कुरा नहुँदा पनि उनले व्यवसायिक धर्म छाडिनन् ।

तर, साम्राज्ञीले हतार गर्दा रातो टिका निधारमाको कार्यक्रममा धन्ने चटारो भएन उनलाई । अब, सेड्यूल यस्तो कसिलो नबनाउनुहोला साम्राज्ञीजी।