सामाजिक संजालमा साम्राज्ञीले खोजेको प्राइभेसी कस्तो?

सामाजिक संजालमा केही सेयर गरेर व्यक्तिगत राख्न खोज्नु मुर्खता बाहेक केही हुदैन । तर नेपालको टप लिस्टमा आउने नायिका साम्राज्ञी आर एल शाहले सामाजिक संजालमा प्राइभेसी खिजेकी छन् ।

उनको बालीमा रोमान्स गरिरहेको तस्विर सामाजिक संजालमा उनका प्रेमीले पोस्ट गरे संगै भाइरल भयो । यसको रिस किस्ता किस्ता गरेर उनी पत्रकार र दर्शकलाई पोख्दै छिन् । हाल आएर एक अन्तर्वार्ताको क्रममा आइडी ह्याक भएर हो या के भएर फोटो बाहिरियो।  मैले मेरो आइडीमा केही पोस्ट गरेको छैन ।  साथै आफ्नो प्रेमीले पोस्ट गरेको फोटो बाहिरिएको स्वीकारेकी छन् ।

तर उनले जान्नु पर्ने नि सामाजिक संजाल प्राइभेट हुदैन भनेर ।

उनी उक्त अन्तर्वार्तामा यहि बिषयलाई क्लियर गर्न आएको जस्तो लाग्थ्यो । तर खै किन आफुले गलत गरेको हैन भनेर बचाउन खोज्दा खोज्दै अझ बढी झुट बोल्दै गएकी छन् । उनले आफुले केहि सेयर नगरेको बताइन । जव की उनी आफैले इन्स्टाग्रामको स्टोरीमा फोटो भिडियो सेयर गरेकी थिइन् ।

साम्राज्ञीले बुझ्न जरुरी छ ‘सामाजिक संजाल’ मा पोस्ट भएका कुरा व्यक्तिगत रहदैनन्। र झुटबोलेको नबोलेको दर्शकले पनि छुट्याउन सक्छन्।