साम्राज्ञीको काँधमा अंकितको भविष्य

निर्माता पनि हुन् अशोक शर्मा । निर्देशक पनि हुन् उनी । अशोकको परिवार फिल्ममा छ । छोरा र छोरीलाई पनि फिल्म नै पढाएका थिए । अब, जानु कहाँ जानु । फिल्ममा नै त हो काम गर्ने ।

निर्माता र निर्देशक दुबै बनेका अशोक शर्माले रातो टिका निधारमा फिल्मबाट छोरा अंकित शर्मालाई हिरो बनाए । जेठ १० बाट सुटिङ हुने फिल्मलाई दशैंमा उनी रिलिज गर्र्दैछन् ।

दशैको बिदा उनका लागि फाइदामा छ । तर, यसपटक अंकितका लागि उनले जोडी राम्रो खोजे ।

 

नेपालमा अभिनेत्री चल्दैनन् । अभिनेत्रीको नाममा फिल्म चल्दैन । अशोकले फिल्म रातो टिका निधारमामा लिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी यसकी अपवाद हुन् । नेपालमा चलेपनि हिरोइनमा साम्राज्ञी, चलेपनि हिरोइनमा साम्राज्ञी । अरु, खोजेर नपाइएला ।

साम्राज्ञीलाई अशोक शर्माले जय भोले फिल्ममा लिन लागेका थिए । साम्राज्ञीले फिल्मको कथा सुन्न मन गरिनन् । तर, रातो टिका निधारमामा साम्राज्ञी नभई नहुने अवस्था आयो । किनकि, साम्राज्ञीको विकल्पमा अर्को हिरोइन कोही छैनन् ।

अशोकको प्रस्ताव साम्राज्ञीले स्विकारिन् । साम्राज्ञीले भने अनुसार, उनले कथा नै हेरेकी हुन् । फिल्म रातो टिका निधारमामा यूवती र महिलालाई शिर्षमा राखिएको छ । साम्राज्ञीले हिरोको प्रेमिका भएर फिल्म गरिन् । यसपटक, उनले खोजेजस्तो क्यारेक्टर पाइन् ।

 

साम्राज्ञीलाई फिल्ममा लिन अशोक शर्माले १६ लाख रुपैयाँ खर्चिएको पनि खबर आयो । १६ लाख रुपैया दिएको हो कि होइन, तर साम्राज्ञीले धेरै रकम पाएकी छिन् । साम्राज्ञीलाई १६ लाख दिनुमा अशोकको स्वार्थ व्यापारसँग मात्र गासिएको छैन । छोरा अंकित शर्मालाई उनले डेब्यू गराएका छन् ।

 

साम्राज्ञीलाई लिदा दर्शक आउँछन् भन्ने अशोकको सोच होला । दशैको बेलामा फेरि दर्शकको चाप पनि राम्रो हुन्छ । अंकितलाई पनि जसरी पनि हिट हुनु छ । किनकी, डेब्यू फिल्म असफल भयो भने उनी पनि असफल हुनेछन् ।

 

साम्राज्ञीले पहिलो फिल्म अभिनेता खअनमोल केसीसँग काम गरेकी हुन् । अनमोलको स्टारडमले नै ड्रिम्स चलेको हो । यो फिल्म चलेपछि अभिनेता सलिनमान बनियाँको करिअरमा ए मेरो हजुर २ आयो । यो फिल्म चलेपछि साम्राज्ञीको चर्चा बढ्यो । फिल्म चल्नमा साम्राज्ञीको नै क्रेजले काम गरेको भनियो ।

 

ए मेरो हजुर २ ले सलिनमानलाई पनि फाइदा भएको हो । यसपछि भने साम्राज्ञीले फिल्म चलाउन सकेकी छैनन् ।

 

तिमी सँग, कायरामा उनी हुँदा पनि चलेन । इन्टु मिन्टु लण्डनमामा धिरज मगर चम्किएका छन् । साम्राज्ञी यो फिल्ममा हुनु यसको फाइदा हो ।

 

साम्राज्ञीलाई लिदा नयाँ हिरो पनि चलेका छन् । निर्माता अशोक शर्माले छोराका लागि साम्राज्ञी खोज्नुको रिजन पनि यस्तै होला ।

 

अंकितको करिअर साम्राज्ञीको हातमा छ । यस्तै, १६ लाख लिएर अंकितको मात्र होइन, अशोकको लगानी बचाउने दायित्व पनि उनको काँधमा छ ।