कर्ली कपालमा साम्राज्ञी

साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फुर्सदमा छिन् । फुर्सदमा छिन् भनेर उनले काम पाएकी छैनन् भन्न मिल्दैन । २ वटा फिल्म सकेर उनी फुर्सदमा बसेकी हुन् ।

मारुनी र रातो टिका निधारमा सकेपछि साम्राज्ञीले नयाँ फिल्म खेल्नेछिन् । साम्राज्ञी थोरै फिल्म खेल्ने अनी स्टारडम बनाउने हिरोइन हुन् । साम्राज्ञीले फिल्मको सुटिङ भ्याएपछि परिवारसँग समय बिताएको देख्न पाइन्छ ।

रातो टिका निधारमाको छायांकन भ्याएपछि साम्राज्ञी पहेलो विकिनीमा देखिइन् । साम्राज्ञीले पहेलो विकिनी लगाएर स्विमिङ पूलमा खिचाएको फोटो भाइरल थियो ।

साम्राज्ञीले सुटिङ भ्याएपछि कपालको स्टाइल परिवर्तन गरिन् । उनी कर्ली लुक्समा छिन् । साम्राज्ञीको कर्ली लुक्सलाई फ्यानले राम्रो भनेका छन् ।

थाहा छ सबैलाई, साम्राज्ञी फ्यानलाई नसोधी काम गर्दिनन् । उनलाई कर्ली कपाल सुहायो भनेर फ्यानले भनेपछि मख्ख पर्ने भैहालिन् । साम्राज्ञीको फुर्सदस्को हेयर स्टाइल छ कस्तो ?