साम्राज्ञीको खुलम खुल्ला प्यार

साम्राज्ञी जे गर्छिन्, खुलेर गर्छिन् । अहिले उनी प्रेममा छिन् र प्रेम पनि खुलेरै गर्दै छिन् । र आफ्ना फ्यानलाई पनि ‘ल हेर है मेरो प्रेमी’ भने झैँ देखाउदै छिन् ।

रातो टिका निधारमा को छायांकन सकेर उनी इन्डोनेसिया पुगेकी छन् प्रेमीको साथमा । समुन्द्री किनारमा उनी बिकिनीमा प्रेमीको साथमा मस्ती गर्न मस्त छिन् ।

समय पाउनासाथ बिकिनीमा रमाउने उनि कहिले प्रेमीसंग त कहिले परिवारसंग समय बिताउने गर्छिन् ।

यस पटक त उनले हद नै गरिन् । आफ्ना प्रेमी देवांशुलाई बालुवामा पुरिदिइन् र सार्वजनिक गरिन्, टाउको मात्रै देखिएको तस्विर । माया धेरै माथि पुगेको छ यी दुइको । तर सामाजिक संजालमा खुलम खुल्ला प्यार गरेको देखाए पनि उनी सार्वजनिक रुपमा प्रेमको बिषयमा मुख नै खोल्न चाहदिनन् । माया गरे पछि भन्न मात्रै के को डर होला साम्राज्ञीलाई ?