साम्राज्ञी ! दर्शकले फिल्म ‘अन्फलो’ गरे भने ?

साम्राज्ञी आर एल शाहका २ फिल्म प्रदर्शनको क्रममा छन् । उनी एक्लैले फिल्म लिड गर्ने क्षमता राख्छिन् भनेर चर्चा भए पनि उनको अभिनयमा खासै निखार आएको देखिदैन ।

प्रेमीसंग रोमान्स गर्दै गरेको तस्विर सार्वजनिक भए पछि बनेका नकारात्मक समाचार र कमेन्टलाई लिएर उनी चिडीएकी छन् । उनका फ्यानमा समेत त्यस्तो तस्विरले नकारात्मक प्रभाव पारेको देख्न सकिन्छ ।

तर उनलाई केही मतलव नै छैन । दिन दिनै भिडीयो सेयर गर्दै ठुला कुरा गर्न मै ब्यस्त छिन् । सामाजिक संजालमा हिजो एक भिडियो सार्वजनिक गरिन् उनले ।  र भनिन् ‘मेरो कुरा मन नपर्ने ले ‘अन्फलो’ गरे हुन्छ’।

उनले भनेझैँ सामाजिक संजालमा मात्रै होइन, हलमा लागेको उनको फिल्मलाई समेत दर्शकले अनफलो गरे भने के होला ? कि पारिश्रमिक पाएकै छु फिल्म जे सुकै होस् भनेर बस्ने  ?
फेसबुक पोष्ट:

?

Gepostet von Samragyee R L Shah am Mittwoch, 7. August 2019