अष्ट्रेलियाले साम्राज्ञीलाई गर्माउँछ कि क्या हो ?

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलियामा छिन् । इन्टु मिन्टु लण्डनमा फिल्मको शोमा सहभागी हुन उनी अभिनेता धिरज मगरसँग अष्ट्रेलियामा छिन् । साम्राज्ञी अष्ट्रेलिया पुग्दा अरु कुरा विशेष होस् या नहोस्, उनको कपडा भने विशेष हुन्छ ।

अरु देशमा त साम्राज्ञी यसरी बबाल बनेको देखिएको छैन । तर, अष्ट्रेलियामा पुग्दा सधै बबाल । साम्राज्ञीले यसपटक पनि त्यो बबाल अवतारलाई छोडेकी छैनन् । बरु, गएको बर्ष भन्दा यो बर्ष उनले लगाएको कपडा बबाल बनेको छ ।

साम्राज्ञीले यूवी थापाले बनाएको ड्रेस लगाएर विशेष शोमा सहभागी हुँदा ओहो नभन्ने को होला र ? उनले छोप्न भन्दा धेरै खोलेकी छिन् ।

अष्ट्रेलिया पुगेपछि नै विकिनी लगाउनुपर्ने, कपडा पनि छोपिने भन्दा देखिने धेरै लगाउनुपर्ने ? साम्राज्ञीलाई अष्ट्रेलिया पुगेपछि ज्यादा गर्मी हुने रहेछ । कि, देश अनुसार भेष गरौँ भन्ने पनि हो । साम्राज्ञीको अष्ट्रेलिया मोहलाई सम्हाल्न गाह्रो छ ।