निकिता र बिराजको ‘साङलो’ प्याकअप

बिराज भट्टको फिल्म ‘साङलो’ को छायांकन सकिएको छ । सुरुवातबाट नै विवादमा पर्दै आएको फिल्मको छायांकन विवाद कै बीच ५० दिनमा सकिएको हो । फिल्मले किड्नी तस्करको कथा बोल्ने श्रोतले जनाएको छ ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा तेज बहादुर खड्काको निर्माण छ । फिल्ममा बिराज भट्ट, निकिता चन्दक, प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, भारत शाह र रमेश सोडारीको अभिनय छ । फिल्ममा सुरेश अधिकारी, राजन राज सिवाकोटी र खम्बू सिंहको संगीत, मानकृष्ण महर्जनको छायांकन रहेको छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा द्वन्द निर्देशन श्री श्रेष्ठको रहेको छ । राजेन्द्र रावल निर्माण नियन्त्रक रहेको फिल्ममा नवराज शर्मा मुख्य सहायक निर्देशक रहेका छन् । फिल्म बिराज भट्टले निर्देशन गर्दै छन् ।