‘सँग सँगै’ मा फेरी पनि एकसाथ सौगात-श्रीस्टि

फिल्म ‘सँग सँगै’ को शुभमुहुर्त गरिएको छ । मधुसुदन भट्टराईको निर्देशन रहने फिल्मको शुक्रबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको हो । चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले क्यामेरा अन गर्दा सौगात मल्ल, सृष्टि श्रेष्ठ, आश्मा गिरी लगायतले शुभमुहुर्त सट दिएका थिए ।

फिल्ममा रियल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठले रिलमा रोमान्स गर्दैछन् भने अन्य कलाकारहरु मुकुन भुषाल, आश्मा गिरी, रश्मी भट्ट, विशाल पहारी, बिकास चापागाँई, सुर्य श्रेष्ठ, आलम खान, रामशरण दुलाल लगायतले अभिनय गर्नेछन् । सञ्चारकर्मी एवम् निर्देशक लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा तोरन क्षेत्री, बिष्णु लामिछाने, रोहन केसी र बिष्णु बहादुर क्षेत्रीको लगानी रहने छ । फिल्मका गीतमा गायक तथा संगीतकार ताराप्रकाश लिम्बुको संगीत रहनेछ ।