सन्जोगको जन्मदिनमा वर्षाको सरप्राइज टुर (फोटो सहित)

अभिनेत्री बर्षा राउत कलाकार तथा व्यवसायी श्रीमान सन्जोग कोइरालाको जन्मदिन मनाउन माल्दिभ्स पुगेकी छन् । जुलाई ३१को सन्जोगको जन्मदिनमा सरप्राइजको रुपमा सन्जोगलाई बर्षाले माल्दिभ्सको समुन्द्र तटमा पुर्याएको सन्जोगको स्ट्याटस देखेर थाहा पाउन सकिन्छ । त्यहाँ उनीहरुले क्वालिटी समय बिताइरहेको सामाजिक संजालमा पोष्ट भएका तस्विरले पुस्टि गर्छन् । त्यहाँ उनीहरु समुन्द्रको वरिपरी रमाइलो गर्दै छन् । यसरी भ्याकेसन र स्पेसल दिन सेलिब्रेसन गर्न सेलिब्रेटीहरु समुन्द्र  तटमा पुग्ने क्रम बढ्दो छ।