सुरज पौडेलको ‘सान्नानी’ सार्वजनिक

गायक तथा सञ्चारकर्मी सुरज पौडेलको एल्बम‘मनको खुशी’ को पाँचौ गीत ‘सान्नानी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा विकास चौधरीको संगीत र सबिना केसीको शब्द तथा विनोद भुजेलको संगीत संयोजन छ । कुमार आचार्यको निर्देशन रहेको भिडियोमा केवल भुजेल, प्रतिक्षा खड्का, चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ । भिडियोको छायांकन रामेश्वर हुमागाईं, कोरियोग्राफी हरिष खनाल, सम्पादन साहिल खान, कलर मनिष गौतमको रहेको छ ।