यूरोप क्षेत्रीय संयोजकको रूपमा सन्तोष भट्टराईको उमेदवारी

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलन (२०१९-२०२१) का लागि जर्मनीका सन्तोष कुमार भट्टराईले यूरोप क्षेत्रीय संयोजकको रूपमा आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

नेपाली नागरिकताको निरन्तरता, ब्यापार तथा पर्यटन प्रबर्द्धन र नेपालमा एनआरएनएको सस्थागत लगानि भट्टराईको चुनावी घोषणा पत्रमा उल्लेख छ । बिगत लामो समय देखि जर्मनीको ह्याम्बर्गमा ब्यबसाय गर्दै आएका भट्टराई स्थानीय नेपाली माझ निकै सहयोगीको रूपमा परिचित छन् । बिश्व भरका ७८ देशमा फैलिएको (एन आरएनए ) को बिश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १७ सम्म काठमाडौमा हुदैछ ।