शिल्पी थिएटरमा ‘सानो वृत्तमा कमिलाहरु’

शिल्पी थिएटरमा ‘सानो वृत्तमा कमिलाहरु’ नाटक मञ्चन भईरहेको छ । नेदरल्याण्डका लिमा रोडले निर्देशन गरेको नाटक अष्टुयन नाटकार पिटर ह्याङ्केको नाटक ‘दि आवर वि नो नगिङ अफ इच अदर’ नाटकबाट प्रभावित रहेको छ । एक घण्टा अवधीको यो नाटकमा शिल्पी थिएटरका नौँ सत्रका विद्यार्थीहरुको अभिनय रहेको छ ।

नाटकमा रविन परियार, सारदा गिरी, मोहन प्रकाश, शैलेन्द्र थेवे, नगेन माखिम, मञ्जरी दवाडी, पेस्ला कटुवाल, गोविन्द ओली, निष्सेम श्रेष्ठ, दिपशिखा दवाडी, असिम खनाल, अवतार पाठक, शान्तिला तामाङ, सुमित भण्डारी लगायतका अभिनय रहेको छ । प्रकाश परिकल्पना ईगिहोपो कोइँच सुनुवार र सविन कट्टेलको रहेको छ भने प्रकाश परिचालन निर्मल साउदको रहेको छ ।

संगीत संकलन लिमा रोडको रहेको छ भने संगीत संचालन अधिषेक बोहोराको रहेको छ । मञ्च निर्माण सञ्जिव राई, निर्मल साउद, सुदर्शन क्षेत्री, सञ्जय साउदले गरेका छन् भने निर्माण नियन्त्रण घिमिरे युवराजले गरेका छन् । असोज १० गतेबाट प्रदर्शन भएको यो नाटक असोज २० गते सम्म साँझ ५ : ३० बजे मञ्चन भैरहेको छ । शनिबार भने दिउसो १ बजे समेत नाटक मञ्चन हुने छ ।