सारेगमपका प्रितम र आयुषले राखे नेपालको नाम

भारतीय संगीत सम्बन्धि रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । भने अर्का नेपाली सहभागी आयुष केसी चौथो भएका छन् । जीटिभीबाट संचालन हुदै आएको कार्यक्रममा यी दुई सहभागीले जजहरुको राम्रो प्रतिक्रिया पाउदै आएका थिए । कार्यक्रमको आज ग्राण्ड फिनाले रहेको थियो । फाइनल ६मा परेका यी दुईको सफलता नेपालको इतिहासमा उल्लेखनीय सफलताको रुपमा रहने छ ।

लामो समय अघि नेपाली मुलका भारत्य प्रसान्त तामांगलाई पूर्ण समर्थन गरेको नेपाली जमात र संचार माध्यमले यस पटक यी दुई बालप्रतिभालाई भने खासै वास्ता गरेको देखिएको थिएन । खैर दुवैलाई प्राप्त सफलताका लागि बधाई र आगामी जीवनका लागि शुभकामना ।