सरकारको निशानामा लोकदेखी र्यापरसम्म

देशको युवा पुस्ताको भविष्य अन्यौलमा छ । वेरोजगारी, बेतिथी, महंगी, भ्रष्टचारले अहिलेका युवापुस्तालाई पिरोलेको छ । आफ्ना उकुसमुकुस भावनालाई पोख्ननै अहिलेको पुस्ता र्याप हान्ने गर्छन् । जसमा उनीहरुको आक्रोश मिसिएको देखिन्छ । वर्तमान युवापुस्ताको भावनालाई सरकारले समेट्न सकेको छैन । मात्र उनिहरुको सृजनामा हस्तक्षेप गर्न थालेको छ । सत्तामा बसेर मात्र आफ्ना कार्यकर्ता र आफ्नालाई मात्र काखी च्याप्न थालेको अवस्थामा यो पुस्ता कहां जाने के गर्ने । यो पिडित पुस्ताले कसलाई भन्ने मनको पिडा । जलेको मनको व्यथा, अभाव र छटपटीको कथा कसलाई सुनाउने । अनि आफ्नो वाक स्वतन्त्रतालाई र्यापबाट ओकल्ने गरेका छन् । जसलाई सरकारले कलिलो मुनामै निमोठ्ने प्रयास गरीरहेको छ ।

थुप्रै जनताको छोरोछोरीको प्रतिनिधि पात्र हो भिटेन, जसका कोही सत्तामा छैनन् । उनले अभाव र हण्डर खाएका थुप्रै निम्न वर्गीय युवा जमातको प्रतिनिधित्व गर्छन् । पिडा र अभावले उनलाई र्याप हान्न सिकायो । अनि आक्रोशको भटीबाट खारिएर र्यापर भिटेन बने । निम्न वर्गका भिटेनका कोही हुनेखाने र राजनैतिक व्यक्ति पहुंचमा छैनन् । यस्तै पुस्ताको प्रतिनिधित्व गर्दै उकुसमुकुस भावना उनले आफ्नो र्यापबाट पोखे, जसलाई उनिहरुले आफ्नै अनुभूति पाए । मन पराए ।

अहिले सामाजिक सञ्जाल तातिएको छ । कारण र्यापर भिटेन पक्राउ हो । र्याप गीतको के हो भनि नबुझी प्रहरीले शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटा पनि त्यसको बचाउमा छन् । ठुला ठुला अपराध प्रहरी पक्राउ गर्न सकेको छैन तर यस्ता गीतकार तथा गायक समातेर संस्कृति र सदभाव कायम गरेको हौवा पिटाउंदैछ । यसले अन्तत यो सरकारको जनमानसमा घृणा फैलाउने मात्र काम गरेको छ । अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार कति अनुदार हुंदैछ यसको पछिल्लो उदाहरण सतहमा धमाधम देखिन थालेको छ ।

र्यापर गिरिश खतिवडा भन्छन् गीतसंगीतलाई लिएर सरकारमा कुनै चेत नै छैन । भन्छन्, ‘एकछिनलाई मानौँ, यी गीत सरकारले भनेकै जस्ता भए । तर, यसको अर्थ कलाकारलाई पक्रिने, उनीहरूलाई दबाब दिने हो कि उनीहरूको गीतसंगीतलाई बदल्नतिर लाग्ने ? सरकारले कलाको अर्थ नबुझी यो कदम चालेको हो।’ यो कुनै पनि स्रष्टाको सृजनामाथीको हस्तक्षेप मात्र भएको हो । सरकारले काम गर्न सकेको छैन । सत्तामा बसेर प्रशंसा कमाउने काम केही गरेको छैन । लघुताभासका कारण उनीहरू बेलाबखत कलाकार, कवि, लेखकमाथि दबाब सिर्जना गरिरहेको कवि तथा गितकार श्रवण मुकारुङ बताउंछन् ।

भिटेनको गितलाई अधिकांष तन्नेरीको मनलाई छोयो । अनि उफ्रिदै संगसंगै भन्न थाले हामी यस्तै त हो नी ब्रो । तर सरकार भने एक्काइसौ सताब्दीको युवा पुस्तालाई उनीहरुको क्षमता र सुजनालाई अंकुराउन नदिई मुना अवस्थामै निमोठ्ने अभियानमा छ । लेखक युग पाठक भन्छन् पुशपति शर्माको गीत ‘लुट्न सके लुट्’ देखि भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’सम्म आइपुग्दा सरकारमा बसेका मान्छेले आफ्नो असफलता छोप्नका लागि अकर्मन्य चरित्र देखाएका छन् । यो आफ्नै असफलता र दिशाहीनता छोप्ने तमासा मात्रै हो ।

तन्नेरी पुस्ताले कसैलाई पोख्न नसकेका आवाज भिटेनले ल्याए । अनि सबैको आइकन बने । भिटेनको गित सुन्न कम्तीमा अठार वर्षको पुरा हुनुपर्दछ । उनको गित सुरुहुनु पूर्वनै आफ्नो भिडियोमा लेख्ने गरेका छन् । इक्सप्लीसिट कन्टेन्ट । मतलव यस्ता कन्टेन्ट अभिभावकलाई संबन्धित तश्वीर, दृश्य र संगितलाई वयस्कको लागि भनेर अग्रिम जानकारी हो । यस्तो गीत संगित वा दृश्यमा ‘सेक्सुअल र पोर्नोग्राफीक’ पनि हुन सक्छन् । यसमा अश्लील शब्द पनि हुन्छन् । मुख्यत ‘इक्सप्लीसिट’ कन्टेन्ट भएको भिडियोमा अभिभावकलाई आफ्ना बालबालिकाको लागि सेन्सरको लागि सूचना दिइएको हुन्छ । जुन भिटेनको गितको सुरुमै छ । अनि उ कसरी भयो अश्लील । सरकारले ध्रुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्दै सुर्तिजन्य र पेय पदार्थबाट राजश्व लिदा हुने तर सृजञ्शील व्यक्तिहरु चांही थुनिनु पर्ने ? यो स्रष्टामाथीको हस्तक्षेप मात्र हो ।

त्यसैले भिटेनलाई पक्राउ गर्नु दुई तिहाई कम्युनिष्ट सरकारको दम्भ मात्र हो । यस अघिनै सरकारले कुशासन, भ्रष्टाचार र लुट तन्त्रबारे व्यंग्य पस्केका लोक गायक पशुपति शर्मालाई पनि रोके । गायक पशुपति शर्माले आफ्नो गित लुट्न सके लुट कान्छा, अरु देशमा पाईदैन नेपालमै हो छुट गाएका के मात्र थिए । दुई तिहाईको कम्युनिष्ट सरकारले उनलाई पनि छाडेनन् । उनलाई युट्युवबाट उक्त गित हटाउन लगाईयो । यसले संविधानले ज्ञारेन्टी गरेको ब्यक्तिको अभिव्यत्तिः स्वतन्त्रतालाई रोक लगाउने काम भयो ।

महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने गीतका शब्द र फेसबुकमा राखिएको तश्विरका कारण उनलाई पक्राउ गरिएको हो, अब अभद्र व्यवहारको मुद्या चलाइन्छ । कारण यति मात्र कि अरु पनि ? सरकारको घुमाउरो जवाफ उहि आउंछ भिटेनको गीत परिवार संग बसेर सुन्न सक्नुहुन्छ ? त्यहि भएर । सरकार, गीत संगित परिवार संग मात्र सुनिदैन । यो त व्यक्तिको निजि कुरा हो । कानमा एयरफोन ठोसेर पनि आफ्नो मन पर्ने गित एक्लै सुन्न सकिन्छ । कस्तो सुन्ने, कुन हेर्ने, को संग सुन्ने ? अहिले त मन पर्यो भने सामाजिक सञ्जालमा शेयर पनि गर्न सक्छन् ।

लगत्तै ह्याप्पी तिहार चिसो वियरका गायक दुर्गेश थापालाई पनि घटना उस्तै भयो । गृह मन्त्रालयले दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरू प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दियो । निर्देशन लगत्तै प्रहरीले थापालाई पक्राउ गरी सो गीत युट्युबबाट हटाउन लगाएरै छाडीयो ।

संविधानले दिएको विचारको स्वतन्त्रतामा अंकुश लाउने काम भएको छ । उमेरको हदबन्दी गरेर गीत संगितको निर्धारण गर्नु पर्दछ । युट्युवले हेर्ने दर्शकको उमेर हेरेर मात्र आफ्नो कन्टेन्ट दिने गर्दछ । यो एक्काइसौ सताब्दीको पुस्ता, भिटेन पुस्ताले बालगीत सुनेर बस्दैन । उनीहरुलाई उमेर अनुसारको संगित चाहिन्छ । आफ्नो उमेर अनुसार मानिषको गित संगितको रुची फरक फरक रहन्छन् । तर सरकार घरपरिवारसंग बसेर सुन्न हेर्न सकिन्छ भन्ने जस्ता कुतर्क गरेर पन्छिन् खोजेको छ । यो सरकारलाई व्यंग्य गर्न पनि नपाउने, कलाकारले लगाएको प्रहरी कस्ट्युम लगाएर तश्विर खिच्न पनि नपाउने, अनि ब्यावसायीक प्रचार गरेको भन्दै ससाना कुरामा अल्झेर बसेको छ । यसले सरकारलाई झनै घाटा हुने विश्लेशकहरु बताउंछन् ।

यो आलेख लेखिरहंदा युट्युवको अपलोड भिडियो फिल्टरमा हेर्दा तुरुन्तै अन्य व्यक्तिहरुद्धारा भिटेनको गीत अपलोड गरिएका थिए । पशुपति शर्मा र दुर्गेश थापाको भिडियोको त चाङनै थिए । पब्लीकले रुचाएको व्यंग्यात्मक होस् या वयस्क गीत, सरकारले कहां रोक्न सक्छ र बदलीदो विश्वमा ।