भारतीय स्टार जन्माउने सरोज आफै काम खोज्दै

भारतीय चर्चित कोरियोग्राफर सरोज खान कामबिहिन बनेको खबर बाहिरिएको छ ।  धेरै बलिउड स्टारलाई स्टार बनाउन भरपुर मेहेनत गरेकी खान आफु भने अहिले समस्यामा छिन् । उनले माधुरी दीक्षितको करियरमा उचाई दिईन् ।माधुरी जसलाई अभिनयको बराबर नृत्यको लागि चिनिन्छ जसको श्रेय सरोज खानलाई जान्छ ।

माधुरीले खानलाई उनको युट्युव च्यानलमा समेत ब्रेक दिएकी थिईन् ।  दीक्षित भन्छिन् ,’मैले सरोजजीको साथ्मा करियरको सुरुवात गरेकी थिए उनी ट्यालेन्ट महिला हुन् ।  उनी एक यस्ती कलाकार हुन् जसले पुरै गीतलाइ सुन्दर बनाउने गर्छिन् ।  र उनले २हजार बढी गीतमा ज्यान हालेकी छन्। ‘

देशकै क्षमतावान कोरियोग्राफर भएर पनि उनलाई कामको कमि भएको छ ।  उनले भारतीय फिल्म इन्डस्ट्रीमा कम पाईनन् ।  सोहि कारण उनी आउदै गरेका कलाकारलाई नृत्य सिकाउने काम गर्न थालेकी छन्।

सरोजले एक अन्तरबार्तामा बताएकी छन् ,’मैले सलमान खानलाई भेटेको थिए ।  उनले आजकल के गर्दै हुनुन्छ भनेर सोधे ।  मैले इमान्दारीताका साथ बताए, यो समय काम बिहिन छु ।  सोहि कारण नयाँ कलाकारलाई क्लासिकल नृत्य सिकाउदै छु ।  मेरो कुरा सुनेर उनले आफुसंग काम गर्न आग्रह गरे । ‘ यस किसिमको कुरा सुनेर दीक्षितले यो किसिमको व्यवहारले भारतीय कलाकारिताको साख घटेको बताईन्।

सरोजलाई बिश्वास छ कि सलमानले उनलाई काम दिने छन् ।