सत्यराजको ‘नपिउँ आज’ (भिडियो)

बहुचर्चित गायक सत्यराज आचार्यको सुमधुर स्वरले सजिएको गीत ‘नपिउँ आज’को भिडियो सार्वजनिक भएको छ ।

नेपाली सुगम संगीतको क्षेत्रमा अलग पहिचान स्थापित गराउन सफल आचार्यको स्वर रहेको उक्त गीतमा शब्द नविन पौडेलको रहेको छ भने संगीत सत्य स्वरुपले भरेका हुन् । बसन्त निरौलाको निर्देशन् रहेको सार्वजनिक गीतको भिडियोमा निरज श्रेष्ठ र कुसुम थापाको अभिनय रहेको छ । भिडियोमा दिब्य सुवेदीको छायांकनमा रहेको छ भने सम्पादन सुप्रिम पराजुलिले गरेका हुन् ।