बिजु बज्रको संगीत रहेको अन्तिम गीत सार्वजनिक

बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको फिल्म “सत्यम शिवम सुन्दरम “को पहिलो गीत सार्वजनिक भएको  छ । शंकर अधिकारी घायलको लेखनर निर्देशन निमार्ण गरिएको फिल्ममा कला राइको प्रस्तुती रहेको छ । ‘तिमीले बैमानी’ बोलको गीतमा स्वर्गीय बिजु बज्रको अन्तिम संगीत  तथा नित्याशिवाको स्वर रहेको छ ।

सुशील डागी र नरेस ऐर को छायांकन ,राजन महर्जन को नृत्य देव महर्जनको द्वन्द रहेको मुभी सत्यम शिवम सुन्दरम मा राजन महर्जन, बिमला गिरि, अन्जना श्रेष्ठ, सुदिप यादव, धनराज सुब्बा लगायतको अभिनय रहेको छ  ।  फिल्म मङ्सिर १३ गतेबाट प्रदर्शनमा आउदै छ ।