‘सत्यमेव जयते’ को सिक्वेल बन्ने

जोन अब्राहमले आफ्नो सफल फिल्म सत्यमेव जयतेको सिक्वेल दर्शकसामु ल्याउने भएका छन् । भ्रष्टाचारीले गर्दा आउने अवस्था र त्यसमा एक पुलिस अफिसर मात्र नभई समान्य मान्छेले खेल्न सक्ने योगदानलाई फिल्ममा देखाइएको छ । फिल्मको सिक्वेल पनि सोही कथा संग मिल्दो जुल्दो हुनेछ । फिल्ममा जोनले सुपरहिरोको भूमिका निर्वाह गर्नेछन् ।

निर्देशक मिलाप जावेरीले फिल्ममा जोनलाई हलिउड सुपरहिरो ‘हल्क’ झैँ शक्ति मिल्ने बताएका छन् । यसैगरी फिल्ममा जोनसँगै दिव्या खोस्ला कुमारको अभिनय रहनेछ । पछिल्लो समय एक भिडियोमा देखिएकी दिव्या टि-सिरिज मालिक भुषण कुमारकी पत्नी हुन् भने उनी निर्देशक समेत हुन् ।