हसाउने मान्छेको रुवाउने कथा : सेल्फी किंङ टिजर

फिल्म सेल्फी किंङको टिजर सार्वजनिक भएको छ ।  फिल्मले हास्यकलाकारको आसुँ आसुँको कथालाई देखाइएको छ ।  अभिनय मुतको न्यानो मात्रै हो लगायत मन छुने डाइलग टिजरमा प्रस्तुत छन् । हसाउने मान्छेको रूवाउने कथाको फिल्मको टिजरमा बिपिन कार्की फिचर्ड छन् ।  टिजरले नै आँसु खसालमा बाध्य पार्ने फिल्म प्रतिक्षारत रहने छ ।

माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्ममा विपिन ‘सेल्फी किंङ’को नामले परिचित चर्चित हाँस्य कलाकार (टेलिभिजन)को भुमिकामा देखिएका छन् । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छिन । गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल फिल्म ‘प्रसाद’का निर्देशक दिनेश राउत र सोही फिल्मका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ । फिल्मका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।