अघिल्लो फिल्मको क्रेडिट खान निर्माता निर्देशक सिक्वेलतिर

अहिले धेरै निर्माताहरु बजारमा सिक्वेल फिल्मले धमाधम नोट छापीरहंदा बनाउनु पर्ने फिल्म त सिक्वल पो रैछ भनेर कुनामा बसेर सोच्दै होलान् । छाप्नेहरु पनि गजब गरियो भन्दै उत्तानो टाङ लाएर गफ दिदै होलान् । बजारमा एक सिक्वेल फिल्मले दर्शकको साथ पाएको छ । कलेक्सनमा इतिहास रचेको छ । दर्शकको साथ पाएपछि सकिगो । त्यसैले धेरै निर्माता निर्देशकलाई यस्तो हुनु सामान्य नै हो ।

बरिष्ठ फिल्मकर्मी निर शाहले हालैको एक फिल्म सम्बन्धी कन्फरेन्समा भनेका थिए ‘फिल्म इज अ आर्ट विथ हाइएस्ट इकोनोमिक पोटेन्सीयल भ्याल्यु ।’ फिल्मलाई सृजना र कलाको प्रस्तुति संगै अधिकतम कमाईको रुपमा लिने गरिन्छ । तर कमाई गर्ने धन्दामा फिल्मको सृजना र कलालाई लुप्त ठानिएमा त्यो दुर्घटना मात्र हुनेछ । मुख्यत अघिल्लो फिल्मको क्रेडिटलाई खान निर्माता निर्देशक सिक्वेलतिर लाग्ने गर्दछन् । जहां चुनौती भन्दा संभावनाको सिंढी चढ्नु सजिलो छ ।sequel-films

अघिल्ला कुनै पनि श्रव्यदुश्यको नियमित कथा अथवा त्यसको आयतनलाई फिजाउनुनै सिक्वेल हो । जसमा सृजनात्मक कामहरु जस्तै फिल्म, नाटक, संगित, भिडीयो गेम तथा साहित्य आदि पर्दछन् । सिक्वेल निर्माण गर्नको लागि निर्माता र सृजना गर्ने सवैलाई सहज हुने गर्दछ । अघिल्लो ब्यापकताका कारण सजिलो हुने गर्दछ । दर्शकलाई अघिल्लो मुल कथा, क्यारेक्टर, संवादले तानिरहेको हुन्छ । फिल्ममा सिक्वेल निर्माण सामान्य मानिन्छ । सिक्वेलमा कसैले फिल्मको नाममा पछाडी अंक थप्ने गर्दछन् कसैले भने अघि पछि केही शब्द पनि थप्दछन् ।

मुख्य त सिक्वेल फिल्म बनाउनु भनेकै बिना झनझट र विना रिस्क सजिलै पैसा कमाउनु भन्नेनै हुन्छ । नेपालको परिप्रेक्ष्यमा खस्कीदो चलचित्र बजार भएकाले निर्माता निर्देशक सिक्वेलमा खुम्चीन पुगेको बताउन थालिएको छ । हालैको एक भेटमा नेपाली फिल्म जगतका हस्ती अशोक शर्माले भनेका छन् सिक्वेल बनाउनु भनेको लगभग पैसा छापेजस्तै हो । उनको भनाईले पनि नेपाली फिल्म किन सिक्वेलमा बांधिन थालिएको स्पष्ट हुन्छ ।

फिल्म जगतमा सिक्वेललाई लाभदायक व्यवसाय मानिन्छ । निर्माता वा प्रोडक्सन हाउसलाई पनि सिक्वल बनाउन उचित हुन्छ । नयां मौलिक विचारहरु संग जोखिम लिन भन्दा यो सजिलो छ । विश्वभरमा सबै भन्दा बढि कमाई गर्ने चलचिचत्रहरुमा सिक्वेल फिल्मलेनै हो । अहिले प्रत्येक विस फिल्ममा एउटा सिक्वल बनिरहेका छन् ।

सामान्यतया सिक्वेल सत प्रतिशत हिट हुन्छ भन्ने छैन तर कम जोखिम भने रहन्छ । किनकी पहिलो फिल्मले देखाएको हरियो बत्तीको कारण यसमा सजिलो भएको हुन्छ । त्यस कारण पहिलो फिल्म राम्रो भएमा सिक्वेल गर्न सकिन्छ । उक्त कथामा पात्रहरु, शानदार प्रभावहरु, कार्यहरु, स्टन्टहरु र डाइलगहरु संग उनिहरु पहिलेनै परिचित हुन्छ । उनिहरुलाई पहिलो मन परेको कारणलेनै दर्शकलाई सम्झाउन, बुझाउन र बजार विस्तार गर्न सजिलो हुन्छ ।

पहिलो मौलिक फिल्महरुले ठुलो प्रयासको आवश्यकता पर्दछ किनकी सुरुवात बाट ब्रान्ड निर्माण गर्नु कम चुनौती हुंदैन ।

त्यसैले त नेपालमा साठीको दशकबाट यस्ता सिक्वेल बन्न सुरु भएको हो । कसैले मुल कथालाई सिक्वेलमा समावेश गरेका छन् भने कसैले फिल्मको नाम मात्रलाई सिक्वेल बनाईरहेका छन् । सबै भन्दा बढी सिक्वेल फिल्म नाई नभन्नु ललाई मानिन्छ । यसको हालसम्म ५ वटा सिक्वेल बनिसकेको छ । छक्का पञ्जा ३, धुम ३, ए मेरो हजुर ३ र कबड्डी ३ प्रदर्शन भैसकेको छ भने प्रेम गित ३ र चपली हाईट ३ को प्रोडक्सनको तयारी हुंदैछ । युगदेखी युगसम्म २, ईकु २, पापी मान्छे २, आगो २, मिशन पैसा २, विन्दास २, लुट २, होस्टेल २, किस्मत २, बाटो मुनीको फुल २, दर्पण छांया २, जात्रा २, विर विक्रम २ प्रदर्शन भैसकेका छन् । लगभग सिक्वेलमा बनेका अधिकांष फिल्मले निर्माता बचाएका छन् ।

सिक्वेल बनाउने लहड हलिउड र बलिउडमा उहिलेदेखी नै हो । हलिउडबाट नै नेपालमा सिक्वेल भित्रिएको हो । संसार भर सिक्वेल बनिरहेका छन् । यति धेरै सिक्वेल हालसम्म बनेको फिल्म गडजिला हो यसको ३२ पटकसम्म सिक्वेल बनीसकेको छ । पहिलो सन १९५३ र पछिल्लो सन २०१७ मा रिलिज भएको थियो । यससंग यहां केही बलीउड सिक्वेल चलचित्र प्रस्तुत गरिएको छ । जेम्स बोन्ड २८, द ल्याण्ड विफोर टाइम १४, फ्राइडे त थर्टिन १३, स्टार ट्रेक १३, होलोविन १०, अ नाइटमेयर अन एल्म स्ट्रिट ८, ह्यारी पोटर ८, ब्याट म्यान ८, अमेरिकन पाइ ८, स ८, प्लानेट अफ टि एप्स ७, सुपर म्यान ७, एक्स मेन ७, स्टार वार ११, द फास्ट एन्ड दि फ्युरियस ७, रक्की ६, द कराते किड ६, स्क्यारी मुभी ५, फाइनल डेस्टीनेसन ५, लिथल विपन ४, श्रेक ६, स्क्रिम ४, पाइरेटस अफ दि क्यारिवियन ४, एलियन ६ रहेका छन् ।

यस संगै बलीउडमा पनि यस्ता सिक्वेल टन्न बनेका छन् । धुम ३, रेस ३, मर्डर ३, राज ३, गोलमाल ३, हेट स्टोरी ३, दबंग ३, क्रिस ३, सिंघम ३, कञ्चना ३, पुलिस स्टोरी ३, कमाण्डो ३, गा्रण्ड मस्ती ३, मुन्ना भाई एमविविएस २, हेराफेरी २, आशीकी २, तन्नु वेडस मन्नु २, डन २, सरकार २, नागीन २, भेजा फ्राई २, धमाल २, जन्नत २, क्या कुल हे हम २, जिस्म २, १९२० २, आशिकी २, साहेव विवि और ग्यागस्टर्स २, यमला पगला दिवाना २, वन्स अपन अ टाइम इन मुम्वई २, सत्या २, मस्ती २, इशकीया २, रागिनी एमएमएस २, भुतनाथ २, सिंघम २, बाहुबली २, जोली एलएलवी २, जुडुवा २ छन् । यस बाहेक सय बढी भारतिय चलचित्रका सिक्वल बनेका छन् । हाउसफुल ३ पछि यसको सिक्वेल हाउसफुल ४ प्रदर्शनमा आउंदैछ ।

भर्खर फिल्ममा पाईला राख्न थालेका निर्माता निर्देशकलाई सिक्वेल फिल्मबाट डराईहाल्नु पर्ने स्थिती छैन । सन २००८ मा गरिएको एउटा विजनेस रिसर्चले बताए अनुसार सिक्वेल फिल्मले पहिलो जस्तो ब्यापार सिक्वेलमा नगर्न सक्छ तर अरु ननसिक्वल फिल्म भन्दा राम्रो ब्यापार गर्न सक्छ । त्यो पनि रिलिज भएको पहिलो हप्ताको पहिलो दोस्रो दिन मात्र । त्यसपछि भने सामान्य मात्र रहने गर्दछ ।  सिक्वेलको बाढीले मुल फिल्मलाई भने कहिले पनि मार्न सक्दैन । दर्शक बाठा छन् । उनिहरु नयां फिल् प्रति सदैव उत्सुक नै रहन्छन् ।