हलसम्म नआएका शाहरुखका ५ फिल्म

बलिउडका बादशाह हुन् शाहरुख खान । बलिउडमा उनले दिएको योगदान अतुलनीय छ । उनका धेरै फिल्मले सफलताको शिखर चुमिसकेका छन् । बलिउडमा २५ बर्ष भन्दा बढी समय बिताइसकेका उनै बादशाह फिल्मी करियरमा भने सधैँ सफल देखिएनन् । फिल्म जीवनमा धेरै उतार चढाव देखेका छन् उनले ।

पछिल्लो समय उनको फिल्मी करियर ओरालो लाग्दै गएको अवस्था छ । तर भर्खर सार्वजनिक उनको नयाँ फिल्म ‘जिरो’को ट्रेलर हेरेर धेरैले शाहरुखको फिल्मी शाख यो फिल्मले जोगाउने आशा गरेका छन् । यो फिल्म पनि सफल नभए शाहरुखको फिल्मी करियरमा ठुलो धक्का लाग्ने छ । आज हामी तिनै बादशाह शाहरुख खान अभिनित रिलिज नभएका फिल्महरुको बारेमा चर्चा गर्दै छौँ :

अहमक 
१९९१ मा बनेको मणि कोलको फिल्म ‘अहमक’ हलमा रिलिज हुन सकेन । फिल्ममा शाहरुख खानसँग अयुब खान र मीता वशिष्ठ मुख्य भूमिकामा थिए । फिल्म तयार भयो र २०१५ को फिल्म फेस्टिभलमा देखाइयो । तर यो फिल्म हलमा भने आजसम्म रिलीज भएको छैन ।

किसी से दिल लगाके देखो
शाहरुख खानको अभिनय रहने भनिएको फिल्म ‘किसी से दिल लगाके देखो’ (१९९६) लाई निर्देशक कल्पतरले निर्देशन गरेका थिए । यो फिल्मको शुटिङ सुरु भयो तर बीचमा नै रोकियो । फिल्ममा शाहरुख खानसँग आयशा जुल्का र मधु मुख्य भूमिकामा थिए ।

रश्क
शाहरुख खान अभिनित फिल्म रक्शको शुटिङ २००१ मा सुरु भएको थियो । फिल्ममा शाहरुख खान अमिताभ बच्चन र जुही चावला संग अभिनय गर्दैथिए। फिल्मको शुटिङ पूरा भयो तर केहि कारणवश फिल्म रिलीज हुन सकेन ।

एक्सट्रीम सिटी
सन् २०११ मा शाहरुख खान हलिउड फिल्म ‘एक्सट्रीम सिटी’ को शुटिङ गरिरहेका थिए । मार्टिन स्कोर्सेस निर्देशित फिल्म ‘एक्सट्रीम सिटी’ मा शाहरुख संगसंगै लियोनार्दो डिक्याप्रियो पनि थिए । तर केही कारणले गर्दा यो फिल्मको शुटिङ बीचमै रोकियो र फिल्म आजसम्म पनि रिलीज भएको छैन ।

शिखर
फिल्म ‘परदेस’ भन्दा पहिला निर्देशक सुभाष घईले शाहरुख र माधुरीलाई फिल्म ‘शिखर’ का लागि अप्रोच गरेका थिए। शाहरुख खान फिल्ममा केही परिवर्तन होस भन्ने चाहन्थे । तर सुभाष त्यसका लागि तयार थिएनन् । शाहरुखले फिल्म छोडे । र यो फिल्म पनि बीचमै रोकियो । यद्यपी पछि सुभाषले कथावस्तुमा केही परिवर्तन गरेर फिल्म ‘ताल’ बनाए । फिल्म सुपरहिट भयो ।