यत्रो त गरें नाटक किन नगर्ने : बुद्धि तामांग ‘हैट’


‘हैट’ नामले परिचित बुद्धि तामांग संग मेरो फिल्मकी शकु शाहले गरेको कुराकानी :
यस पटकको दशैँ तिहार कता बित्यो ?
दशैँमा घर काभ्रेपलान्चोक गएँ । तिहार भने काठमाडौं मै बित्यो ।
कताको चाडपर्व बिशेष लाग्छ तपाइँलाइ ?
मलाई चै चाड पर्व गाउघर मै रमाइलो लाग्छ । आफ्नो घर गाउँमा परिवार आफन्त साथिभाइ र आफ्नै माहोलमा बसेर मनाउदा मात्रै चाडपर्वको आनन्द पाउछु म । काठमाडौंमा हुदा पर्वमा पनि काम कै लागि पो घुम्दै छु झैँ लाग्छ ।
सुरुवाती दिन देखिको तपाईको संघर्षको कथा छोटकरीमा बताईदिनुस् न
पैसा कमाउछु भनेर नै काठमाडौंआएको हो । समय बित्दै जादा नाटकसंग जोडिन पुगे । ६, ७ बर्ष काम गरिसकेपछी फिल्ममा आएँ ।
डबलीको यात्रा कस्तो थियो ?
म त्यो समय ट्रेकिङबाट फर्किदै थिए । मेरो गाउको प्रभात भन्ने साथीले नाटक गर्छौ भन्दा ‘यत्रो त गरे नाटक नगरौला त’ भन्ने लग्यो । संखनारायण प्रजापति दाइले मलाइ पुष्प गुरुङ सरको डबली थिएटरमा लानुभयो । त्यहा छिरे संगै नाटक यात्रा सुरु भयो ।
कलाकारिता नै गर्छु भन्ने थिएन ?
म यो बन्छु भन्ने पोस्ट खाली थियो मेरो । म यहि बन्छु भन्ने सोचेको थिइन । नाटकमा छिरेपछी बल्ल मैले मेरो बाटो भेटे झैँ भयो । गाउमा पहिला नाटक गर्ने, रमाइलो गर्ने प्रवृति भने थियो।
को बाट प्रभावित हुनुहुन्थ्यो ?
प्रभावित भन्दा पनि काम गर्दै गर्दा विभिन्न पेशा परिवर्तन गर्दै गएँ । सो समय अब के त मेरो भविष्य भन्ने बिषयले घोचीरहन्थ्यो नाटक सुरु गरिसके पछी भने मलाइ चाहेको यो हो भन्ने अनुभव भयो । पढाइ छोडेको थिए । र पढाइ नै नाटक क्षेत्र बनाए । बाकि कुराकानी भिडियोमा …