छवि-शिल्पा विवाद र तेश्रो वर्षगांठ : के होला आगामी कदम ?

घटनाक्रम :
असार ८ गते बिहानको खाना खाए पछि निर्माता छवि राज ओझा र उनकी पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलको झगडा भयो । शिल्पाका अनुसार फिल्म हेर्न जाने विषयमा भएको झगडा बढेर छविले उनलाई झापड हाने र घाटी पनि थिचे । र शिल्पाले आफ्नो बचाउमा लात्ती चलाइन् । त्यस पछि छवीका अनुसार शिल्पाले उनीसंग स्कुटरको चावी लिएर शिल्पाले बनाएका दाई फोटोग्राफर विकाश रौनियार र भाउजु फिल्म निर्देशक सम्झना उप्रेती रौनियारको घर गाइन् । त्यसको भोलिपल्ट असार ९ गते उनी दाइको साथमा आफ्ना लत्ताकपडा लिन भनेर पुनः ओझा निवास पुगिन् । त्यो पछि न त छवी शिल्पाको सम्पर्कमा आए न त शिल्पाले नै घर फर्किनका लागि श्रीमानसंग कुरा गर्ने पहल गरिन् । रौनियार निवासमै बस्दै आएकी शिल्पाले उनै दाइ भाउजुको साथमा गएर सुरक्षाको माग गर्दै महानगरीय प्रहरी परिसर टेकुमा श्रीमान छवी ओझा बिरुद्ध उजुरी दिईन् र लागिन् मनकामाना दर्शन गर्न त्यो पनि दाइभाउजु संगै । उजुरीका आधारमा प्रहरी परिषरबाट छलफलका लागि ओझा र पोखरेललाई बुधवार बोलाइयो । स्वास्थ्यमा समस्या आएका कारण ओझा उपस्थित हुन नसकेपछि छलफल विहिवारलाई सारियो । बिहिवार छलफल भयो र पीडित पक्ष पोखरेलसँग ओझाले माफी मागे र लिखित सहमति पछि समस्या टुंगियो ।

छवि शिल्पा विवाह :
२०७३ साल असार २९ गते शिल्पाका दाईभाउजुले टिका लगाइदिएर यी दुइको विवाह गराइदिए । विकाश रौनियारले पेशागत फोटोग्राफर भएको हिसावले तस्विर समत कैद गरे । छवीको यो चौथो विवाह थियो । पहिलो श्रीमतीसंग विवाहको आठ बर्षमा सम्बन्ध बिच्छेद गरेका छवीको पहिलो श्रीमतीबाट २ छोरा भएको र पुर्व श्रीमती धरानमा बस्ने उनी आफैले बताएका छन् । छविकी दोस्री श्रीमती अभिनेत्री गीतान्जली सुनारले डिप्रेसनका कारण आत्महत्या गरिन् । उक्त समय ओझाको यातना साहन नसकेर जीवन त्यागेको चर्चा चलेको थियो । उनका तर्फबाट समेत एक छोरा रहेका छन् र उनी फिल्म क्षेत्रमा नै सक्रिय छन् । गीतान्जली संग फिल्म ‘नाता’ मा भेट भएको थियो ओझाको । त्यसको केही समय पश्चात उनले धेरै उमेर अन्तर हुदा हुदै पनि १६बर्षिया रेखा थापासंग बिवाह गरे । उनी संग पनि फिल्मकै क्रममा छविको भेट भएको थियो । एक दशक बढी रेखाले नेपाली फिल्म जगतमा राज गरिन् । सम्बन्धमा दरार आयो छुटिएर बसेको केहि समय पछी सन् २०१६मा यी दुइले कानुनी रुपमा सम्बन्ध बिच्छेद गरे ।

शिल्पा पोखरेल म्युजिक भिडियोमा जमिरहेकी थिइन् । सोहि क्रममा छवीको आँखा उनी माथि पर्यो । झलक्क हेर्दा रेखा जस्तै लाग्ने उनलाई आफ्नै प्रोडक्सनको फिल्म ‘लज्जा’ मार्फत ओझाले नेपाली फिल्म जगतमा इन्ट्री गराए । सो फिल्म पछी पनि छवीका सम्पूर्ण फिल्ममा हिरोइनको रुपमा शिल्प नै देखिईन् । संगै काम गर्दै जाने क्रममा यी दुइ बीच माया बस्यो र रेखासंग सम्बन्ध बिच्छेदको केहि महिना नबित्दै गुपचुप बिवाह गरे । बिवाह गरेको लामो समय सम्म उनीहरुले सम्बन्ध बाहिर ल्याउन चाहेनन् । केहि अन्तर्वार्तामा हो कि हो कि झैँ भान पारे पनि खुलेर भनेका थिएनन् । तर मे ६ तारिख छवीले एक तस्विर सार्वजनिक गर्दै सम्बन्ध स्वीकारे । खुलेर ‘उनी मेरी हुन्’ भनेको २ महिना नबित्दै यी दुइको घर झगडा प्रहरी सम्म पुगेको छ ।  सुन्नमा आए अनुसार शिल्पाको पनि यो पहिलो विवाह भने होइन । एक साप्ताहिक पत्रिकाले उनले यस अघि विकाश बस्याल छेत्री संग विवाह गरेकी थिइन् भनेर लेखेको छ ।

कानुनी व्यवस्था हेर्दा समेत शिल्पा र छविको बिवाह कानुनी होइन । किनभने २०बर्ष भन्दा बढी उमेर अन्तरको बिवाह नेपालको कानुन अनुसार स्वतः बदर हुन्छ भने सजायको समेत व्यवस्था छ । छवीले नै आफुहरु बीच २५ वर्षा उमेर अन्तर रहेको बताउदै आएका छन्।

उजुरी पछि मिडियामा उपस्थिति :

आइतवार दिएको उजुरीको खबर बुधबार मात्रै संचारमाध्यमले थाहा पाए । खबर बाहिरीएसंगै सम्पर्क गर्न खोज्दा छविले फोन उठाएनन् भने शिल्पाको फोन उनकी भाउजुले उठाइन् । एक संचार माध्यममा बोल्दै उनले छविको पिटाईका कारण शिल्पाको कानको जाली फुटेको र उनी बोल्ने अवस्थामा नभएको कारण आफुले फोन उठाएको बताइन् । साथै छवीले घाटी थिचेर हत्या प्रयाश गरेको समेत जानकारी दिइन् । तर प्रहरी परिषर टेकुमा विकाश रौनियारले कान दुखेको, कानमा समस्या आएको भए पनि के भएको चेकअप पछी पत्ता लागने बताए । टेकु मै भेटिएका छवीले घरमै सुल्झिनु पर्ने झगडा बाहिर आएको भने । श्रीमान श्रीमतीको झगडा हो मैले आफ्नी श्रीमती संग माफी मागे समस्या सकियो । शिल्पा घर आउन् म संगै बस्न तयार छु, उनले भने । सम्बन्ध बिच्छेदको प्रश्नमा उनले आफ्नो तर्फबाट नहुने र शिल्पालाइ घर फर्किन र अरुको बहकावमा नलाग्न अनुरोध गरेको बताए ।

शिल्पा उक्त समय समेत एकदम कम बोलिन् । उनले ‘पिडा मलाइ भएको हो मैले भोगेको छु मलाइ दुक्छ अरुलाई दुख्दैन’ भनिन् । साथै पिडामा भएकालाइ खुलेर पिडा बिरुद्ध लड्न आग्रह गरिन् । उनको तर्फबाट बोल्दै सम्झना उप्रेती रौनियारले पिडितले न्याय पाएको र आगामी कानुनी प्रक्रियामा आफुहरु लाग्ने बताइन् । शिल्पाकी आमासंग कुरा गर्न खोज्दा भर्खरै आउनु भएकोछ भन्दै रौनियारले बोल्न दिइनन् । शिल्पाले जवाफ दिदै गर्दा समेत उनी नै अगाडी सरेर ‘मैले टिका लगाएर दिएको छोरी हो सधै राख्नुपरे पनि घरमै राख्छु’ भन्दै शिल्पालाई कुरा पुरा गर्न दिइनन् । तर उनका पतिले छवीले लगाएको उक्साएको आरोप प्रति खण्डन गर्दै ‘हामीले अन्याय सहनु चै भनेको हो तर उक्साएको होइन’ भने । साथै उनले बिवाहको निर्णय झैँ सम्बन्ध बिच्छेदको निर्णय पनि शिल्पाकै हुने बताए ।

अनलाइन पत्रिका नेपाललाइभको सम्पर्कमा आएकी शिल्पाले आफु बिवाहको एक महिना पछीबाट नै हिंशामा पर्दै आएको तर हिंशाको बिषय र कानुनी उपचारको बारे जानकारीको अभावका कारण सहेर बसेको बताइन् । उनले रेखा थापालाई त झन् एसिड हान्छु भनेर धम्क्याएको भनेकी छन् । जति छवीले यो३ बर्षमा यातना दिएका छन् त्यो सव उल्लेख गरेको भए उनि जेल जाने थिए तर त्यसो नगरेको भनिन् ।

पछिल्लो समय छवी मिडियामा आएक्र अन्तिम सास शिल्पा संगै फेर्न चाहने भन्दै आएका छन् ।  साथै उनले शिल्पालाई आफ्नो जस्तै धेरै विवाह गरेको भनेर बद्नामी नकामाउन र फर्केर घर आएर मिलेर बस्न आग्रह गरेका छन्  । तर घरको कुरा प्रहरी सम्म पुगे पछि एक अर्का संगै पहिले झैँ सहज रुपमा मिलेर बस्न असम्भव जस्तै छ ।

खैर, आज यी दुईको तेश्रो वर्षगाठ । अगाडीको जिन्दगी सहजताका साथ मिलेर अगाडी बढाउन्, शुभकामना ।