असोज १७बाट ‘शिबम्’ प्रदर्शनमा

राजु गिरीले निर्देशन गरेको फिल्म “शिबम्” दशैं छेको पारेर यहि असोज १७बाट प्रदर्शनमा आउने छ । सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट लिएसँगै फिल्म प्रदर्शनको लागी तयार भएको हो ।

एस.के. प्रोडक्सन एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरी लगायतले अभिनय गरेका छन् । श्रीकृष्ण बम मल्लको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथामा राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ भने यस फिल्मको निर्मातामा पर्बत कार्की र कल्पना खराल रहेका छन् । तिरुपति पिक्चर्सले वितरणको जिम्मा लिएको फिल्म “शिबम्” आफ्ना अघिल्ला अरु चलचित्र भन्दा पनि धेरै मेहनत गरेर निर्माण गरेको कारणले पनि दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको निर्देशक राजु गिरीले बताए ।