फरक देखियो ‘नेता र जनता’ को सन्तानमा

हो विभेद छ, नेता र जनतामा अनि जनताका सन्तान र नेताका सन्तानमा । एक साहित्यकार जर्ज अर्वेलले भन्ने गरेको ‘सबै मानिस समान हुन्छन तर पदमा भएका व्यक्ति अझ बढी समान हुन्छन्’ को वास्तविकता यहि नै हो । अझ हाम्रो जस्तो संक्रमणकालमा रहेको देशका जनताको दुर्गतिको कुरै नगरौ । आजको सन्धर्व, पुर्व मिस नेपाल वर्ल्ड र बर्तमान मिस नेपाल वर्ल्डको । शृंखला खतिवडा र अनुष्का श्रेष्ठ दुवै मिस नेपाल वर्ल्ड नै हुन् । फरक जम्मा बर्षको मात्रै, एक २०१८की मिस नेपाल हुन् भने अर्की २०१९की । यी दुवैको अर्को च्यालेन्ज मिस वर्ल्ड । दुवैले उस्तै मेहेनत गरेको देखिन्छ । अझ शृंखला आफैले अनुष्काको ब्युटी विथ प्रपोजको भिडियो त आफ्नो भन्दा राम्रो भएको भन्दै यस पटकको मिस वर्ल्ड अनुष्काले नै जित्ने उध्घोस समेत गरेकी थिइन् ।

तर हो यहि ‘तर’ ले फरक पारेको छ । मिस नेपाल एक प्रतिष्पर्धी शृंखला खतिवडाले जितिन् । संचार भयो फलानो पाटीका नेताकी छोरी मिस नेपाल बनिन् । चर्चा यति मै रोकिएन केहि समय अघिसम्म मिस नेपाल हुन नै नदिने भन्दै बानेश्वरमा बिरोध गर्ने नेताको झुण्ड नै आयो शुभकामना दिन । मन्त्रि प्रधानमन्त्रि एक एक गर्दै उनलाई बधाई दिन आतुर थिए । एक एकका तस्विर सामाजिक संजालमा भाइरल बने ।

अनि अनुष्का ? उनले अस्ट्रेलियाको चर्चित बैंकको जागिर छोडेर सौन्दर्य प्रतियोगिता ‘मिस ओसियाना’मा भाग लिईन् । धेरै राम्रो कमाइ गरिरहेको जागिर, समान र बिकसित देश छोडेर उनले मिस नेपालमा भाग लिने निर्णय गरिन् । यसको लागि जो कोहिले हिम्मत गर्न सक्दैन । साथै उनले त्यस अघि युनिभर्सिटीको राम्रो कमाइ भएको काम छोडेकी थिइन् । उनी सबै छोडेर नेपाल फर्कीइन् । र मिस नेपाल वर्ल्ड बनिन् ।

शृंखलाले मल्टिमिडिया अवार्ड जितेकी थिइन् । अनुष्काले पनि जितिन् । यो अवार्ड जिताउन अरु क्षेत्रको साथसाथै राजनीतिक नेता कार्यक्रर्ताले शृंखलाको लागि प्रचारमा सहायोग गरे । तर अनुष्काले यो अवार्ड जितीसक्दा समेत संचारमाध्यममा स्थान पाउन सकिनन् ।


उनले ब्युटी विथ अ प्रपोज अवार्ड जित्दै टप ४०बाट एकै पटक टप १२मा पुग्न सफल भइन् । तर अह उनको कुनै चर्चा भएन । शृंखलाका झैँ उनका बाबु आमा पनि छोरीको सफलताको कामना गर्दै ग्राण्ड फिनालेको दिन कार्यक्रम स्थल त पुगे । तर ‘शृंखलाका अभिभावक चिन पुगे’ को औकात सायद अनुष्काका बाबु आमाको पुगेन होला, कसैले वास्तै गरेन ।

अनुष्काले दिनकै कार्यक्रमको बारे यस्तो त्यस्तो भन्दै सामाजिक संजाल मार्फत सेयर गर्थिन् । तर खै किन कसैको आँखा नै पुगेन ।

२०१८का अन्य बिजयीले शृंखलालाई मात्रै ध्यान दिइयो भन्दा उनीहरुको उल्टो आलोचना भन्यो । तर सत्य त्यो नै थियो । अनि त्यो नै हो । किनभने शृंखला भन्दा क्षमतावान हुदा हुदै र बढी सफलता प्राप्त गर्दा पनि अनुष्काले पर्याप्त स्थान पाउन सकिनन् ।