‘छाउपडी प्रथा सामान्य लाग्छ, नछुने बारे जस्तै’ पुर्व मिस नेपाल शृंखला खतिवडा

पुर्व मिस नेपाल शृंखला खतिवडाले छाउपडी प्रथा सम्बन्धि एक डकुमेन्ट्री तयार गरेकी छन् । ‘एक्स्पेरियन्सीङ छाउपडी’ शिर्षक दिएको उनको डकुमेन्ट्री सुदुर पस्चिमको अछाममा खिचिएको हो । उनले डकुमेन्ट्री मार्फत आफ्नो बिचार र अनुभाव अन्य भन्दा फरक प्रकारले प्रस्तुत गरेकी छन् । उनी आफै छाउघर भित्र बसेर अनुभव संगालेकी छन् । एकदिनको अनुभव एडभेन्चरस लागे पनि त्यहाँका महिनावारी हुने महिलाका लागि सामान्य भएको उनको बुझाइ छ । बजारमा चर्चा हुने गर्छ, छाउपडी र छाउघरका दुखका कहानी । तर उनको बुझाई भने अलि फरक छ । त्यहाँका महिलाले यसलाई दुख मानेका छैनन् । किनकि उनीहरुले जे देख्दै आए त्यहि भोगे र जुन बिषय भोगिदै आइएको छ त्यसमा बानी परिसकेको हुन्छ । ‘हाम्रो नछुने बार्ने जस्तै’ सामान्य पनि लाग्छ, उनी भन्छिन् । सानो ठाउँ, चिसो भुइँ, सर्प र बलात्कारीको डर मात्रै नभएर निसासिएर ज्यान गुमाउन पर्ने अवस्था समेत यहाँ आउछ । चिसो भएको कारण जाडो महिनामा छाउ बसेर बाहिर निस्किदा भित्र बालेको आगोको धुवाका कारण ‘कालै’ अनुहार लिएर निस्किन्छन रे, किसोरी तथा महिलाहरु ।
भिडियो:

भिडियो छायांकन तथा सम्पादन :कुशल जोशी