शृंखलाको ‘मौन’ स्वीकृति

पुर्व मिस नेपाल वर्ल्ड शृंखला खतिवडा र भ्लगर शिसन बानियाँको प्रेम चर्चा चारै तर्फ फैलिएको छ ।  ‘साथि’ मात्रै रहेको बताउदै आएकोमा अन्तत शृंखलाले मौन रुपमा सम्बन्ध स्वीकार गरेकी छन् ।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा सहभागी हुन पुगेकी खतिवडालाई वाइल्ड कार्ड इन्ट्रीका दावेदारहरुले धेर थोर प्राहर गरे ।  उक्त प्रहारलाई उनले नबोलेरै स्वीकारेको देखियो ।

कार्यक्रमको सुरुवातमा नै ‘म किन आए मिम बन्न’ भन्दै कार्यक्रममा प्रवेश गरेकी उनले सुमन कोइरालाको अभिव्यक्तिमा गज्जबले हासेर स्विकारिन् ।

‘सिसन बानियाँले उडाएको कुरो नराम्रो हुन्छ त ?’ भन्दै गर्दा उनी तालि बजाउदै मज्जाले हासिन् ।  उनले ‘होइन’ भने अभिव्यक्ति समेत दिइनन् ।

उनीहरुको प्रेम पोखराको बेलुन हुदै दोलखाको हिउ सम्म आइपुग्दा मज्जाले फुलेको छ । आगामी जीवनको दुवैलाई शुभकामना ।