शृंखला- शिसन प्रेमको खबर हल्लामात्रै

पुर्व मिस नेपाल शृंखला खतिवडा र नेपाली भ्लगर शिसन बानियाँको प्रेमको झुटो चर्चा फिल्म इन्डस्ट्रीमा समय समयमा चल्ने गरेको छ । केहि दिन यता यो चर्चाले पुनः सामाजिक संजाल र मिडियामा स्थान पाएको छ । तर जसरी चर्चा भएको छ त्यसरी केहि नभएको श्रोतले जनाएको छ । प्रेमको चर्चा हल्ला मात्रै रहेको छ जानकारी प्राप्त भएको छ ।

टर्किस एयरलायन्सको सम्भावित एम्बसाडर भएको कारण शृंखला र सोही कामका लागि भिडियो खिच्न शिसन, टिम सहित त्यहाँ पुगेका हुन् । साथै उक्त टुरको सम्पूर्ण खर्च टर्किस एयरलायन्सले नै बेहोरेको जानकारी प्राप्त भएको छ ।

मिडियामा भएको जस्तो एक रात बिताएका या त व्यक्तिगत गुमघामका लागि उनीहरु त्यहाँ गएका भने पक्कै पनि थिएनन् । उनीहरुको सम्बन्धको गलत रुपमा व्याख्या भएको देखिन्छ । सेलिब्रेटी भएकै कारण सामान्य बिषयलाई पनि ठुलो बनाउने ट्रेन्ड अनुसार नै यो बिषय बढेको देखिन्छ । मिस नेपालको समयबाट नै संगै काम गरेको कारण नजिक भएकोले पनि यस किसिमको समाचार बाहिरिएको हुन सक्छ । तर जसरी चर्चा गरिएको छ, उनीहरुको सामाजिक संजाल र भ्लगमा त्यस्तो केहि देखिएको छैन ।

शृंखलाका प्रेमी मिस वर्ल्डको फाइनलमा उनलाई मोरल सपोर्ट गर्न अस्ट्रेलियाबाट चिन सम्म पुगेका थिए भने शृंखलासंग अरु कोहिको नाम जोडेर समाचार सम्प्रेषण गर्नु भ्रम फैलाउनु भन्दा अरु केहि हुन सक्दैन श्रोतले बताएको छ । सामाजिक संजालमा सार्वजनिक तस्विरले समेत यो अफवाहलाई गलत सावित गर्न सहयोग गर्छ ।