सुटिङ छोडेर मुम्बईमा आलिया-रणवीर

भारतीय कलाकार आलिया भट्ट र रणवीर कपूर बनारसमा भईरहेको फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङ बीचमै छोडेर मुम्बई फर्केका छन् । आलियाको स्वास्थ्य अवस्थामा खरावी देखिए संगै उनीहरु मुम्बई आएका हुन् । बनारसको बाकि छायांकन नोभेम्बरमा हुने भारतीय संचार माध्यमले बताएका छन् ।

रियल लाइफ जोडी आलिया र रणवीर पहिलो पटक पर्दामा एकसाथ देखिदै छन् ।  फिल्ममा रणवीर, आलिया र अभिताभ बच्चनको मुख्य भूमिका रहेको छ । साथै फिल्ममा मौनी रोय, नागार्जुन लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन्। ब्रहमास्त्रलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् ।