के सिम्पल हुन् त आँचल ?

अभिनेत्री आँचल शर्मा के साधारण हुन् त ? के उनी साधारण बन्न खोज्छिन् त ? आँचलको गतिविधीलाई हेर्दा त्यस्तो लाग्छ त ?

आँचल शर्मा विभिन्न समयमा विवादमा पनि पर्ने गर्छिन् । उनी कहिले पत्रकारसँगको लफडाले विवादमा त कहिले आफ्नो बोलीको कारणले विवादमा परेको पाइन्छ ।

आँचललाई भने सबैभन्दा अप्ठ्यारो काम नै सिम्पल बन्नु हो भन्ने लाग्छ । उनी आफू सिम्पल रहेको पनि बताउँछिन् ।

नेपाली फिल्ममा उनको नामको परिचय राम्रो बनेको छ । आँचललाई  दर्शकले म्यूजिक भिडियो र फिल्ममा देख्दै आएका छन् ।

आँचलले भने जस्तै के सिम्पल बन्न गाह्रो हुन्छ होला त ? वा सिम्पल बन्न खोज्दा मानिसहरुले पचाउँदैनन् ।

तर, आँचललाई झट्ट हेर्नेहरु उनलाई घमण्डी पनि भन्छन् । यही भएर त होला उनी सिम्पल बन्न गाह्रो हुने तर आफू सिम्पल भएको भनिरहेकी छिन् । सायद, उनको साधारण बानीलाई मानिसले नवुझेका हुन् कि ? वा उनले नै वुझाउन नसकेकी हुन् कि ?