मिलन नेवारको ‘सिन्दुर’ (भिडियो)

संगीतकार ज्योतिप्रकाशको संगीत सिर्जनामा रहेको गीत ‘सिन्दुर’ लाई कलासँगै सांगीतिक ब्याण्डसहित निर्माण गरिएको छ । पत्रकार मधु शाहीको शब्द एवं ज्योतिप्रकाशको संगीत रहेको गीत ‘सिन्दूर’मा गायिका मिलन नेवारले स्वर दिएकी छन् । मिलनको स्वरसँगै भिडियोमा पनि गायिका नेवारकै अभिनयलाई प्रस्तुत गरिएको छ ।

पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि चित्रकलासँगै जोडेर थियटरमा कलाकारहरुको लाइभ बाध्यवादनसहितको म्यूजिक भिडियोको निर्माण भएको छ । म्यूजिक भिडियोमा वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तान रहेका छन् । भिडियोको छायाँकन नवीन बाबु गुरुङको रहेको छ भने सम्पादन विकास धमलाले गरेका छन् । पत्रकार तथा गीतकार समुन पण्डितले यस गीतको म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् ।