गायक हिमाल सागर पनि हिरो बन्दै

गायकबाट अभिनेता बन्ने नेपाली फिल्मी क्षेत्रमा धेरै जना रहेका छन् । यश कुमार, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राई ,बाबु बोगटी ,पछिल्लो समय प्रकाश सपुत पनि फिल्ममा अभिनेता भएर फिल्म खेलिरहेका थिए । गायनमा सफल भएका कलाकारहरु अभिनयमा भने सफल हुन सकेका छैनन । यहि भिडमा अर्का गायक हिमाल सागर पनि फिल्ममा अभिनेताका रुपमा आउने हल्ला चलेको छ । उनले आाफै फेसबुकबाट आफु फिल्ममा आउन लागेको जानकारी दिएका छन् ।

उनले कुन फिल्ममा अभिनय गर्न लागेको भने जानकारी दिएका छैनन् । कार्यक्रमका शिलशिलामा अमेरिकामा बसिरहेका उनी कोरोनाका कारण नेपाल फर्कन सकेका छैनन् । अमेरिका नै कोरोनाको त्रासमा जुधिरहेका हिमाल सागरले दर्शक स्रोताको चाहनालाई मध्यनजर गर्दै फिल्ममा अभिनय गर्न लागेको जानकारी दिएका छन् । हिमालले , ‘धेरै दर्शकरश्रोताहरुको चाहनालाई मध्यनजर गरेर कोरोनाको कहर कम भएपछि आधा सुटिङ विदेश र आधा नेपालमै सुटिङ गर्ने गरी फिल्म खेल्ने पक्का ।’ भनेर लेखेका छन् ।

उनले विभिन्न अन्तरवार्तामा आफुलाई फिल्ममा अभिनय गर्ने चाहाना नहेको बताउँदै थिए तर अचानाक फिल्ममा अभिनय गर्ने रहर उनका पलाएर आएको छ । जे होस बोलीको टुङ्गो त हिमालमा पनि देखिएन । अरु गायक बाट नायकमा असफल भएको उदाहरण धेरै भएता पनि हिमाल भने पक्कै सफल हुने छन् भन्ने अपेक्षा गरिएको छ ।