सोनीकालाई पारसको ‘हार’ उपहार

मोडल तथा युटुबर सोनीका रोकाया लामो समयबाट पुर्व युवराज पारस शाहसंग धेरै नजिक छिन् । यस पटक सोनीकाको जन्मदिनमा पारसले हिराको हार नै उपहार दिए ।

लामो समयबाट पोखरामा एकसाथ बस्दै आएको चर्चा छ उनीहरु । उनीहरु विभिन्न स्थानमा समेत एक साथ घुम्न जाने गरेका समेत छन् ।

यस बिषयमा अरु कोहिले कहिँ कतैबाट संका गर्नु पर्ने जरुरि नै छैन ।  किनकी यो सबै बिषय सोनीका आफैले सार्वजनिक गर्ने गर्छिन् । कतिपय फेसबुकबाट सार्वजनिक गरिन्छ भने कतिको लागि युट्युवमा भिडियो नै बनाएर हाल्ने गर्छिन् ।

पारसको जन्मदिनमा सोनीका एक्टिभ भएर काम गरेकी थिइन् ।  त्यस्तै उनको जन्म दिनमा पारसले अंकमाल गर्दै चुम्बन समेत गरेका छन् ।

पुर्व युवराज्ञी हिमानीसंग लामो समयबाट सम्बन्ध बिग्रिएकोमा सोनीका संगको यो निकटतालाइ कस्तो मान्ने ? फेरी परिवारबाट अलग्गिएका बेरोजगार युवराजले दिएको यति महँगो उपहारको श्रोत के होला ?
तस्विर: सामाजिक संजाल