सोरठी देउसी भैलो (भिडियो)

तिहार लाई लक्षित गरेर मौलिक सिर्जनाहरु बजारमा ल्याउदैँ आएको गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा’सोरठी देउसी भैलो ’गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रामु विरही , धर्तिमा थापा मगर विष्णु सिंह , विनिता गुरुङ , सञ्जय परियार , सामना मगर , गोविन्द पराजुली र मिलन थापा मगरको आवाजमा रहको छ । रामु विरही र पुर्ण बुढा मगरको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा समावेश गरिएको छ  । प्रवेश पोखरेलको छायाँकन, दलर्भ श्रेष्ठको सम्पादन तथा रामु विरहीको निर्देशन तथा मनिषा राईको कोरियाग्राफी रहेको छ  । ’सोरठी देउसी भैलो ’ गीतको भिडियोमा रामु विरही , मनिषा राई , समिर विक , माधव प्रसाद सिक्देल र प्रकाश रोक्काको अभिनय रहेको छ  ।