समिक्षा र शिशिरको ‘सोह्र सालैमा’ (भिडियो)

गायक अच्युत बस्नेत र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको “सोह्र सालैमा” नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा कृष्ण भारद्वाज र सुशील पौडेलको शब्द /रचना रहेको छ भने कृष्ण भारद्वाजकै संगीत रहेको छ । भिडियोमा गायिका समिक्षा अधिकारि र शिशिर भण्डारीको अभिनय रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् भने सन्तोष राजबाहकको कोरियोग्राफी संगै बिमल तामांगको मेकअप रहेको छ । भिडियोमा प्रकाश धितालको निर्देशन र केशब राज भट्टको सह-निर्देशन रहेको छ ।