रिलिज नहुँदै शुभ लभको गीत बर्षकै उत्कृष्ट गीत कसरी ?

ज्योतिष हरिहर अधिकारी अभिनेता बनेको फिल्म शुभलभको फकाउने बोलको गीत रिलिज हुँदैछ । यो फिल्मलाई ५ दिनपछि रिलिज गर्ने तयारी गरिएको हो । यो फिल्मको गीतमा हरिहर र अभिनेत्री क्रिस्टिन पौडेलको अभिनय छ । पोखरामा छायांकन गरिएको गीतको फोटोहरुले दर्शकको ध्यान खिचेको थियो । तर, यो गीत रिलिज भएको छैन । तर, यो फिल्मको यो गीतको प्रचारका लागि यसलाई बर्षकै उत्कृष्ट गीत भनेर प्रचार गर्न थालिएको छ ।

सङ अफ दि एयर भनेर यो फिल्मको गीत सार्वजनिक मितिको काउनडाउन सुरु गरिएको छ । गीत नै सार्वजनिक भएको खण्डमा सङ अफ दि इयर भने प्रचार गर्नुको पछि कि त यसका निर्मातालाई गीतमा भयंकर विश्वास छ भन्ने हो । कि त ओभर कन्फिडेन्स छ भन्ने हो । किनकी, गीत रिलिज भएपछि दर्शकले नै यसको मुल्यांकन गर्नेछन् । तर, फिल्मको गीत रिलिज अगावै सङ अफ दि इयर भन्न कति सुहाउला ? भोली गीत दर्शकलाई मन परेन भने, के होला ?