आलोचना पचाउन गाह्रो है थापा जी !

हाम्रो देशमा फिल्म बन्न सुरु भएको खासै लामो समय भएको छैन । त्यसैले पनि होला फिल्मकर्मीमा अपरिपक्वता देखिएको ।

फिल्म राम्रो छ, भन्दा मख्ख परेर समाचार सेयर गर्ने नकारात्मक टिप्पणी भने सहनै नसक्ने ।

सबै कुराको जवाफ शब्दमा दिनु भन्दा कामले देखाएको राम्रो मानिछ । तर फिल्मकर्मीमा यहि  धैर्यत को कमि छ । प्रसंसामा फुलिने उनीहरु टिप्पणी सहनै सक्दैनन् ।

हो यहि भएको छ अहिले, निर्माता निर्देशक सुदर्शन थापासंग । एक संचारमाध्यमले उनको फिल्म भारतीय फिल्म आशिकी २ संग मिलेको भनेर लेखेको रहेछ ।

यहि विषयलाइ लिएर उनी तथा उनको ‘म यस्तो गीत गाउछु २’ टिम नै संचारमाध्यम माथि खनिएको छ । उनको अगिल्लो फिल्म रामकहानी समेत यस प्रकारको विवादमा परेको थियो । यहि असर समेत हुन सक्छ उनी माथी चोरीको आरोप ।

सामाजिक संजालमा समेत उनको फिल्म चोरिएको हुन सक्ने भन्ने किसिमका प्रतिक्रिया आएका छन् ।

फिल्म प्रदर्शनको संघारमा छ । यो समय धैर्यता देखाएर आफ्नो राम्रो काम एकै पटक हलमा देखाउदै दर्शकको मनमा बसे हुने होइन र थापा जी ?